गीतकार बिटु केसीको नयाँ गीत “तिमीले बोले मात्र पुग्छ” यूटूबमा (भिडियो सहित)

316

टेक्सास – अमेरिका टेक्सास निवासी गीतकार तथा संचारकर्मी बिटु केसीको नयां गीत यूटूब मार्फत सार्वजनिक गरिएको छ ।

‘आधा मन’ गिती एल्वममा समावेस तिमीले बोले मात्र पुग्छ यो मनलाई , तिमीलाई देखे मात्र यो मनमा फूल फुल्छ
तिमी भित्र पाउँदा आफैलाई , अग्लिएर हिमाल छोऐं , पग्लिएर पानी पानी भएँ ….. बोलको पहिलो गीतको भिडियो यूटूबमा सार्वजनिक गरिएको हो ।

अनिल शाहीको संगीत रहेको यस गीतमा एन्जेला श्रेष्ठको आवाज रहेको छ | शब्द रचना बिटु केसीको हो |  भिडियो अभिनयमा अनिल शाही र बबिता प्रधान श्रेष्ठ हुनुहुन्छ |

पाँच देखि छ वटासम्म गीत आधा मन एल्वममा समावेश रहने संगीतकार अनिल शाहिले बताउनु भयो | करीब-करीब सबै गीतहरुको रेकर्डिंग पूरा भइसकेको जानकारी गराउँदै उहाँले भन्नु भयो – ” यस एलबममा गरिएको मिहिनेत अनुसार म धेरै नै उत्साहित छु | समय मिलाएर छिटै नै एक पछि अर्को गीतहरु रिलीज हुनेछन | ”

विभिन्न गायक र गायिकाको आवाज रहेको यस एल्वममा सबै गीतको शब्द रचना भने बिटु केसीको नै रहेको छ |

भिडियो :-