नायिका केकी अधिकारीको अभिनय रहेको अर्को गीत “मुहारमा” सार्वजनिक (भिडियो सहित)

249

अष्टिन (टेक्सास)- अमेरिका टेक्सासको अष्टिन निवासी नव गायिका गिता राईको मुहारमा गित सार्वजनिक भएको छ ।

वाल्यकालदेखी नै संगितमा रुचि भएकी गायिका गिता राईलाई मुहारमा बोलको गितमा साथ दिएका छन् नेपाल आइडलको पहिलो सिजनमा सेकेण्ड रनरअप भएका चर्चित युवा गायक प्रताप दासले । तिम्रो खुसी एल्वममा समावेस यो गितलाई हिमांसु रायमाझिले लेखेकी हुन् ।

उदय राज पौडेलले एरेन्ज गरेको गीतमा चर्चित नायिका केकी अधिकारी र रंजित पौडेलले अभिनय गरेका छन ! गितको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने संगितकार भिम बिसी हुन् । सानै देखी गित संगितमा रुचि भएकी गायिका राईलाई घरपरिवारबाट पनि साथ र सपोर्ट हुंदा हुंदै वुवाको अकस्मात निधन भएपछि रोकिएको संगितयात्रालाई राईका श्रीमान दिल रसाइलीले पुरा गरिदिएका हुन् ।

। ओएसआर डिजिटल मार्फत सार्बजनिक भएको गित आधुनिक गीतले सफलता पाउने अपेक्षा गरिएको छ ।

भिडियो :