अमेरिका निवासी गिता राईको “मुहारमा” गित सार्वजनिक (भिडियो सहित)

1862

अष्टिन (टेक्सास)- अमेरिका टेक्सासको अष्टिन निवासी नव गायिका गिता राईको मुहारमा गित सार्वजनिक भएको छ ।

वाल्यकालदेखी नै संगितमा रुचि भएकी गायिका गिता राईलाई मुहारमा बोलको गितमा साथ दिएका छन् नेपाल आइडलको पहिलो सिजनमा सेकेण्ड रनरअप भएका चर्चित युवा गायक प्रताप दासले । तिम्रो खुसी एल्वममा समावेस यो गितलाई हिमांसु रायमाझिले लेखेकी हुन् ।

उदय राज पौडेलले एरेन्ज गरेको गीतमा चर्चित नायिका केकी अधिकारी र रंजित पौडेलले अभिनय गरेका छन ! गितको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने संगितकार भिम बिसी हुन् । सानै देखी गित संगितमा रुचि भएकी गायिका राईलाई घरपरिवारबाट पनि साथ र सपोर्ट हुंदा हुंदै वुवाको अकस्मात निधन भएपछि रोकिएको संगितयात्रालाई राईका श्रीमान दिल रसाइलीले पुरा गरिदिएका हुन् ।

सानै देखी उनी (गिता)को संगितप्रति मोह थियो श्रीमान दिलले भन्नुभयो – “वुवाको अकस्मात निधन भएपछि बांकी रहेको उनको इच्छा पुरा गरिदिन मैले पनि साथ र सपोर्ट गरेको हुं ।” अमेरिका टेक्सासको अष्टिनमा व्यवसायमा जमेका दिलले श्रीमती गिताको इच्छालाई पुरा गरिदिन श्रीमती गितालाई गित रेकर्ड गर्नका लागी नेपाल पठाएका हुन् ।

नेपालमा नै रहंदा गित संगितको क्षेत्रमा सक्रिय हुन् संगित पाठशाला समेत धाएकी गिताले यसपटक प्रताप दास संग गित रेकर्ड गराएकी हुन् । श्रीमती (गिता)को इच्छा पुरा गरिदिने बचन दिएका श्रीमान दिलले “तिम्रो खुसी” नामको एल्वम मार्फत श्रीमतीलाई सांगितिक क्षेत्रमा प्रबेश गराएका हुन् । ओएसआर डिजिटल मार्फत सार्बजनिक भएको गित आधुनिक गीतले सफलता पाउने अपेक्षा गरिएको छ ।

भिडियो :