t

एनआरएन अमेरिकाको आसन्न निर्वाचनका सम्बन्धमा अष्टिनमा छलफल

684

टेक्सास (अष्टिन)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचनका सम्बन्धमा अष्टिनमा छलफल भएको छ । एनआरएन अभियन्ता तथा जन सम्पर्क समिती अमेरिकाका पुर्ब संयोजक बिष्णु सुबेदिको उपस्थितीमा भएको छफलमा आसन्न निर्बाचनमा अष्टिनबाट बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी घोषणा गरेका जन सम्पर्क समिती अमेरिकाका उप-सभापती समेत रहेका सिपी पौडेल, एनआरएन अमेरिका टेक्सास च्याप्टरका महासचिव तथा बोर्ड अफ डाइरेक्टरका प्रत्यासी पदम ठकुराठी लगायतको सहभागीता रहेको थियो ।

भेटघाट तथा छलफलका क्रममा बोर्ड अफ डाइरेक्टरका उम्मेद्वारद्धय पौडेल र ठकुराठीले आफुहरुले बोर्ड अफ डाइरेक्टरका उम्मेद्धवारी दिन लाग्नुका कारणबारे स्पष्ट पार्नुभएको थियो ।

सुबेदी पारिवारिक भ्रमनका शिलशिलामा अष्टिनमा आएका बेला जन सम्पर्क समिती अष्टिन च्याप्टरले भेटभाट तथा छलफलको आयोजना गरेको हो । छलफलमा सहभागी ग्रेटर अष्टिन नेपाली सोसाइटीका पुर्ब अध्यक्ष तथा अष्टिनमा स्थापना गर्न लागिएको नेपाली सामुदायीक केन्द्रका संयोजक गेहेन्द्र केसीले सुबेदि समक्ष एनआरएनको आसन्न निर्वाचन र जन सम्पर्क समितीको अवस्थाका बारेमा चासो राख्नुभएको थियो ।

सो अवसरमा आफ्ना कुरा राख्दै जन सम्पर्क समिती अमेरिकाका पुर्ब संयोजक तथा एनआरएन अभियन्ता सुबेदिले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा नेपाली कांग्रेसमा आस्था राख्ने बिभिन्न पदका आकांक्षी उम्मेद्वाहरुलाई सकेसम्म मिलाएर लैजाने प्रयास भइरहेको बताउनुभयो । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका कार्यक्रम सकिएपछि जन सम्पर्क समिती अमेरिकाका बारेमा बृहत छलफल गरिने पनि उहांले बताउनुभयो ।

जन सम्पर्क समिती अष्टिन च्याप्टरका महासचिव कौशल यादवको व्यस्थापनमा भएको भेटघाटमा सामाजिक अभियन्ता दिपक हुमागाई, नेपाल अमेरिका पत्रकार संघका कार्यसमिती सदस्य शेर केसी, ग्रेटर अष्टिन नेपाली सोसाइटीका उपाध्यक्ष रामकुमार महतो लगायतको सहभागीता रहेको थियो ।

यसैबिच भेटघाट कार्यक्रममा सहभागी कृष्ण जिसीले एनआरएन टेक्सास च्याप्टरको आगामी उपाध्यक्षमा इच्छा देखाएपछि सबैले सहयोग गर्ने सहमती भएको छ । अष्टिनमा रहेर सामाजिक कार्यमा सक्रिय जिसीले आउंदो निर्वाचनमा एनआरएन टेक्सास च्याप्टर उपाध्यक्षका लागी उम्मेद्वारी घोषणा गर्नुभएको हो ।