२४ घण्टा भित्र सदस्यता प्रमाणित नभए सम्पर्क गर्नुहोस : जोशी

272

टेक्सास (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले सदस्यताका लागी आउंदो फेब्रअरी १५ सम्मको समयसिमा तोकेपछि हाल सदस्यता नबिकरण तथा नयां सदस्यता बन्ने क्रम धमाधम चलिरहेको छ । बिभिन्न शहरहरुमा मेम्बरसिप ड्राइभ कार्यक्रमहरु पनि भइरहेका छन् ।

यसैबिच सदस्यता प्रमाणिकरणका लागी बनेको समितीका सदस्य बाल जोशीले २४ घण्टा भित्र आफ्नो सदस्यता प्रमाणित नभए सम्पर्क गर्न अनुरोध गर्नुभएको छ । सामाजिक संजाल मार्फत जोशीले रित पुर्याएर आबेदन दिएका सदस्यहरुले आबेदन दिएको २४ घण्टा सम्म पनि सदस्यता प्रमाणित नभए सम्पर्क गर्न अनुरोध गर्नुभएको हो ।

जोशीले सामाजिक संजाल फेसबुक मार्फत जारी गरेको स ुचना

आदरणीय अमेरिकाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,
यदि तपाइले आबश्यक कागजात (Photo & Copy of State or Federal Government Issued ID) सहित एनआरएन अमेरिकाको लागी सदस्यताको आबेदन तथा सदस्यता शुल्क हाम्रो वेबसाइट मार्फत बुझाई सक्नु भएको छ र २४ घण्टा सम्म पनि तपाईको सदस्यता प्रमाणित भएको छैन भने कृपया हामीलाई फेसबुक, इमेल वा फोन मार्फत सम्पर्क गर्नु होला।

bal.joshi@nrnusa.org । Phone: 240-413-4618