विजयी खेलाडिहरुलाई पुरस्कार वितरण

128

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा जारी प्रथम खेलकुद प्रतियोगिता समापन कार्यक्रम गरी विजयी सबै लाई पुरुस्कार वितरण गरिएको छ ।

९ गते देखि संचालन खेलहरु १३ गते समापन गर्ने तयारी भए पनि मौसम का बाबुजुत खेल सम्पन्न भए पनि पुरुस्कार वितरणमा ढिलाई भएको थियो ।

कूल सामुदायिक तथा नीजि विद्यालय गरी ३७ को संख्यामा उक्त प्रथम खेलकुद प्रतियोगितामा प्रतिस्पधा  गरेका थिए । पुरुस्कार वितरण तथा समापन कार्यक्रममा बोल्दै पूर्व राज्य मन्त्री दल बहादुर सुनारले खेल विकासका लागि विद्यालयहरुले अनिर्वाय एक विषय खेल नै संचालन गरी क्षमतावान खेलाडी हरु उत्पादन गर्न आवश्यक रहेको बताए ।

पूर्व मन्त्री  सुनारले देशको सुर्य र चन्द्र अङकित  नेपालको झन्डाको गरिमा अन्तराष्ट्रिय स्तरमा केवल खेलाडिहरुले देश लाई चिनाउने गरेका छन् ।

अब बैजनाथका बालबालिकाहरुले  जिल्ला प्रथम हुदै राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा बैजानाथको क्षमतालाई देखाउन आग्रह गर्दै सबै खेलाडि तथा सहभागिहरुको उत्साह बढाएका थिए ।

 कार्यक्रममा विशिष्ट अथिति बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा विकले खेल विकास गर्नका निम्ति बैजनाथ गाउँपालिकाकाले थप बजेट निर्माण गरी खेललाई निरन्तर दिने प्रतिवद्धता व्यत्ति गरिन् ।

 बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्रीले खेलमा सबै विजयी भएको बताउदै सबैको जित भएको बताए ।

खत्रीले स्थानीय स्तरमा यस्ता खेल गतिविधिहरुले  खेलाडिहरुको स्वास्थ्थे स्तर स्वास्थ राम्रो हुने भएकाले उनीहरुको अध्यापन अझै बेद्धि विकास हुने  गरेको  बताए ।

खत्रीले नृत्य प्रस्तुतिबाट सन्तुष्टि भएर हिमालय विद्या निकेतनका जेनिश कुवर र इस्तिका रोकाय लाई नगद  रु एक हजार प्रदान समेत गरे ।

कार्यक्रममा विभिन्न सांस्कृति तथा नृत्य  प्रस्तुत गरिएको थियो ।

आयोजक विद्यालय जनता आर्दश मावि जब्दवा  ४ सोर्ण सहित प्रतियोगितामा विजयी भएको थियो ।

प्रतियोगिता मावि तथा आधारभूत विच छुटा छुटै  प्रतिस्पधा गराईएको थियो ।

प्रतियोगितामा कूल १३ खेलहरुमा  प्रतियोगिता गराइएको  आयोजक जनता आर्दश मावि जब्दवाका प्र.अ महेश कुमार शर्माले जानकारी गराए । 

कार्यक्रममा खेललाई सफल बनाउन सहयोग गर्ने विभिन्न संघ ,संस्था ,विद्यालय विशेषगत कार्यालय ,अथिति हरुलाई मायाको चिनो प्रदान गरीएको थियो  ।

समापन कार्यक्रमको अध्यक्षता  जनता आर्दश मावि जब्दवा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव बहादुर बस्नेतले गरेका थिए ।