बालबालिकामा बौद्धिकताको बृद्धि गराउनु स्थानीय सरकारको दाहित्व-अध्यक्ष मान बहादुर रुचाल

94

बैजनाथ गाउँपालिका स्तरीय प्रथम खेलकुद प्रतियोगिता उत्घाटन गरिएको छ ।

 


बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा प्रथम खेलकुद प्रतियोगिता आयोजना गरिएको हो ।
बैजनाथको गुणस्तर शिक्षा कायम सँगै खेलकुद विकासले बालबालिकामा बौद्धिकताको बृद्धि गराउनु स्थानीय सरकारको दाहित्व रहेको र बैजनाथ गाउँपालिका सर्दैव बालबालिकाहरुको हित र उनीहरुको भविष्यप्रति चिन्तित रहेको खेलकुद उत्घाटन कार्यक्रमका प्रमुख अथिति बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बताए । रुचालले आगामी दिनहरुमा विद्यार्थीहरुका हितका सवालमा आवश्यक रणनीति अवलम्बन गरिने समेत बताए । कार्यक्रममा विशिष्ट अथिति पूर्व सिँचाइ राज्य मन्त्री दल बहादुर सुनारले खेलबाट नै देशको शिर उच्च हुने बताउदै आफ्नो मेहेनत खेल मार्फत प्रकट गर्न खेलाडिहरुलाई आग्रह गरे ।

 

प्रथम खेलकुद प्रतियोगितामा बैजनाथ गाउँपालिका ३७ विद्यालयहरुको सहभागिता रहेको छ । खेलकुद प्रतियोगिता आधारभूत तह र माध्यामिक तह छात्रा छात्र विच हुने खेलकुद व्यवस्थापन तथा आयोजक विद्यालय जनता आर्दश मा.वि बैजनाथ २ जब्दहवा बाकेका प्र.अ महेश कुमार शर्माले बताए । शर्माले यो खेलकुद प्रतियोगिता नया अभ्यास रहेको दावि समेत गरे ।

 

 

शर्माले अन्य खेलकुद प्रतियोगितामा केवल मावि का विद्यार्थी सहभागि हुन्थ्थे तर हामीले आधारभूत तह का बालबालिका हरुको समेत सहभागि र उनीहरुका विच छुटै प्रतियोगिताको गराएका छौ शर्माले भने । यसै गरी कार्यक्रमका अध्यक्ष देव बहादुर बस्नेतले सबै सहभागि विद्यालयहरुलाई अध्यवाद ज्ञापन गर्दै सक्रिय सहभागि तथा भएका कमि कम्जोरीहरु सहयोग अपेक्षा आयोजक विद्यालयले लिएको बताए । बस्नेतले आधारभूत तहमा ३ खेल मा प्रतियोगिता हुने र मावि तहमा ८ खेलमा प्रतियोगिता हुने जानकारी गराए ।

 

आधारभूात तहमा १०० मिटर दौड १०० ईन्टु ४ रिले लगंजम्प हुनु छ भने मावि तहमा ११ मिटर दौड २०० मिटर दौड ४ ईन्टु ४ रिले १०० मिटर दौड ,छेलो,लंगजम्प ट्रिपल जम्प ,भलिबल खेलहरु खेलाइने जानकारी गराईएको छ । कार्यक्रममा बैजनाथ गाउँपालिका उपाअध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री कार्यक्रपालिका सदस्य लगाएत को सहभागिता रहेको थियो भने उत्घाटन कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । खेलकुद ३ दिन सम्म चल्ने आयोजक विद्ययालयका प्र.अ महेश कुमार शर्माले जानकारी दिए ।