जन्मदिन मनाउने खर्च बचाएर विद्यालयमा सरस्वती मन्दिर निर्माण

574

टेक्सास (अष्टिन)- अमेरिका टेक्सासको अष्टिन निवासी मोहन केसी र डार्बिन गौतमले आफुहरुको जन्मदिन मनाउने खर्च बचाएर बिद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरिदिएका छन् ।

रुकुम पुर्ब सिस्ने गाउंपालिका ७ नाथिगाड घर भई हाल अमेरिका टेक्सासको अष्टिनमा रहेका केसी र गौतमले जन्मदिन मनाउंदा लाग्ने खर्च बचाएर आफुले अध्ययन गरेको बिद्यालय श्री प्राथमिक बिद्यालय नाथिगाडमा सरस्वतीको मन्दिर निर्माण गरिदिएका हुन् ।

दुबै जनाको जन्मदिन एकै दिन पर्ने र बिदेशमा फजुल खर्च गरेर जन्मदिन मनाउन भन्दा सो खर्च कटाएर आफै अध्ययन गरेको बिद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्न पाउंदा खुसी लागेको डार्बिन गौतमले बताए । सरस्वती मन्दिर निर्माण गर्न १ लाख ५० हजार भन्दा बढि खर्च भएको बताइएको छ ।

जन्मदिन मनाउंदा खर्च हुने रकम बचाएर बिद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरिदिएपछि बिद्यालयपरिवार समेत खुसी भएका छन् । जन्मदिनको खर्चm बचाएर बिद्यालयमा मन्दिर निर्माण गरिदिने मोहन केसी रुकुमेली समाज अमेरिकाका अध्यक्ष हुन भने डार्बिन गौतम सदस्य हुन् ।

बिद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि मन्दिर बिद्यालयलाई हस्ताणतरण गरिएको हो ।