गायक समिर आचार्यको अर्को धमाका “घाममा सुकाइदेउ” सार्बजनिक (भिडियो सहित)

415

टेक्सास (अष्टिन) – चर्चित गायक समिर आचार्यको अर्को धमाका “घाममा सुकाइदेउ” बोलको डान्सिङ गित सार्बजनिक भएको छ । गायक आचार्य म्युजिकल टुरका शिलशिलामा अमेरिकामा रहेकै बेला आचार्य र बिद्या तिवारीको स्वरमा रहेको गित घाममा सुकाइदेउ सार्बजनिक भएको हो ।

पिचरोडले अत्याधिक सफलता पाईरहेको बेला समिर र बिद्याको ‘पिचरोड’कै धेरै टिम सदस्य दोहोरिएको “घाममा सुकाईदेउ” गीत गायक समिर स्वयंले लेखेका र संगीत भरेका हुन् । गीतमा आँचल शर्मा र मन्जिल बस्नेतको अभिनय रहेको छ । राम कुमार केशीको ‘छायांकनमा निर्माण भएको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन र सम्पादन गरेका हुन् ।

बिसाल काफ्ले प्रवर्दक रहेको यो भिडियोमा स्याडोज् क्रियशनको पोष्ट प्रडक्सन रहेको छ ।

भिडियो :