मेरिल्याण्डको हाउस अफ डेलिगेट्समा निर्वाचित पहिलो नेपाली एच.बी. भण्डारीले शपथ लिए

158

अमेरिका (मेरिल्याण्ड)- अमेरिका स्थित मेरिल्याण्डको हाउस अफ डेलिगेट्समा निर्वाचित पहिलो नेपाली मूलका एच.बी. भण्डारीले बुधवार औपचारिक शपथ लिएका छन् ।

मेरिल्याण्ड हाउस अफ डेलिगेट्सको सभा कक्षमा आयोजित औपचारिक समारोहमा डेलिगेट्स भण्डारीले आज शपथ लिएका हुन् । भण्डारीसंगै गत नोभेम्वर ६ मा सम्पन्न निर्वाचनमा विजयी अन्य निर्वाचित पदाधिकारीहरुले पनि  शपथ लिए । सामुहिक शपथपछि हाउस अफ स्पीकर माइकल एरिन बुशसंग डेलिगेट भण्डारीले औपचारिक प्रमाण पत्र ग्रहण गरेका थिए ।

भण्डारीले हिन्दुहरूको पवित्र ग्रन्थ वेद लिएर संसद भवन प्रवेश गरेका छन् । सभामुखबाट प्रदान गरिने सभासदको प्रमाण पत्र लिन जाँदा हिन्दुहरूको पवित्र ग्रन्थ वेद उनको साथमा थियो ।

अमेरिकन डेमोक्रेटिक पार्टी मेरिल्याण्ड केन्द्रीय सदस्य समेत रहेका भण्डारी गत नोभेम्बरमा अमेरिकाको मेरिल्याण्ड राज्य स्थितस डिष्ट्रक ८ बाट हाउस अफ डेलिगेट्स निर्वाचित भएका हुन् । कडा प्रतिस्पर्धामा भण्डारीले रिपब्लिकन पार्टीका नेतालाई हराएका थिए । निर्वाचित भएर अमेरिकाको संसदमा प्रवेश गर्ने भण्डारी पहिलो नेपाली मूलका पहिलो व्यक्ति हुन् ।
यसैबीच भण्डारीले सामाजिक सन्जाल मार्फत विज्ञप्ति जारी गर्दै आफुलाइ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन ।

उनले भनेका छन् ‘यस ऐतिहासिक दिनको क्षणमा सम्पूर्ण सहयोगी दाताज्यूहरु,स्वयंसेवक लगायत विभिन्न तरिकाले सहयोग गर्नु हुने अमेरिका भरि छरिएर रहनु भएका आदरणीय वुवामुमा दाजुभाई तथा दिदीवहिनीहरु सवैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।’

तस्विर: गौतम दाहाल