सांगितिक कार्यक्रमलाई लिएर अष्टिनका नेपाली बिभाजनको संघारमा, मिलेर कार्यक्रम गर्न अग्रजहरुको अनुरोध

603

टेक्सास (अष्टिन)- टेक्सासको राजधानी अष्टिनका नेपालीहरु बिभाजित हुने खतरा बढेको छ । अंग्रेजी नयां बर्ष २०१९ को अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रमका आयोजक समुहमै बिबाद भई एकै दिन एकै समय दुईवटा कार्यक्रम आयोजना गरिएपछि मिलेर बसेका अष्टिनवासी नेपालीहरु बिभाजनको संघारमा पुगेका हुन् ।

केही नेपालीहरुले भने सामाजिक संजालमार्फत बिबादित दुबै कार्यक्रममा नजाने बताइरहेका छन् । शुरुमा नमो नमस्ते इन्टरटेन्मेन्टको आयोजनामा गायक कालिप्रसाद बास्कोटा र समिर आचार्यको सहभागीतामा सांगितिक कार्यक्रम गर्ने तय भएपनि आयोजक टिमभित्र बिबाद भएपछि टिम सदस्य शुबास थापाले कालिप्रसाद बास्कोटालाई सहभागी गराएर अलग्गै कार्यक्रम गर्दैछन् भने बांकी ४ जना सदस्य प्रदिप भडेल, प्रिन्स भट्ट, सनोद कुंवर र कबिन्द्र सुबेदिको समुहले समिर आचार्य र रेश्मा सुनुवारलाई सहभागी बनाएर अलग्गै कार्यक्रम गर्न लागेको छ ।

सानो शहर र थोरै नेपालीहरु भएको र नेपालीहरु मिलेर बसिरहेको अष्टिन शहरमा एकै दिन दुई वटा कार्यक्रम आयोजना गर्नुलाई अष्टिनवासी नेपालीहरुले मन पराएका छैनन् । बास्कोटाको सहभागीता रहने बताइएको थापाको सयोजकत्वमा डि एण्ड डि मुभिजले आयोजना गरेको कार्यक्रम The bungalows hotel and event centre, cedar park मा हुने भनिएको छ भने समिर र रेश्मालाई सहभागी गराएर नमो नमस्तेको समुहले एसिएन अमेरिकन रिसोर्स सेन्टरमा कार्यक्रम गर्दैछ । दुबै समुहले बेलुका ६ बजेपछि कार्यक्रममा आयोजना गरेका छन् ।

मिलेर कार्यक्रम गर्न अग्रजहरुको अनुरोध
सानो शहर र कार्यक्रममा सहभागीता जनाउने नेपालीहरुको संख्या सानो भएको शहर अष्टिनमा एकै दिन दुईवटा बिबादित कार्यक्रम गर्दा राम्रो शन्देश नजाने भन्दै मिलेर कार्यक्रम गर्न अष्टिनवासी अग्रज नेपालीहरुले आयोजकहरुलाई अनुरोध गरेका छन् ।

बरिष्ठ संचारकर्मी तथा चलचित्रकर्मी नारायण पुरीले यसरी एकै दिन दुई कार्यक्रम गर्दा नेपाली कलाकारहरुको समेत अपमान हुने भएकोले मिलेर कायृक्रम गर्न अनुरोध गर्नुभएको छ । मिलेर बसेको अष्टिनको नेपाली समाजलाई बिभाजन हुने कार्यक्रम कार्यक्रम गर्दा यसको असर आगामी दिनमा पनि देखिने भएकोले कार्यक्रमका लागी सहकार्य गर्न आयोजकहरुलाई अनुरोध गर्नुभएको छ ।

हामी अभिभावक भएर दुई समुहबीच कुरा गर्न तयार छौं पुरीले भन्नुभयो- “यसरी एकै दिन दुई कार्यक्रम गरेर समाजलाई बिभाजन गर्न खोज्नु गलत हो ।” दुई कार्यक्रममा सहभागी हुने कलाकार संगै अन्य नेपाली कलाकारहरुले अष्टिनका नेपालीहरुलाई हेर्ने नजर समेत धमिल्याउने गरि एकै दिन दुई कार्यक्रम आयोजना गर्नु दुखद भएको उहांको भनाई छ ।

अहिले दुई कार्यक्रम गरिएपनि यसको असर भोली पर्सि अन्य कार्यक्रमहरुमा समेत प्रत्यक्ष देखिने भएकोले अझै समय बांकी छंदै सहकार्य गर्न आग्रह गर्नुभयो । अष्टिनमा नेपालीहरु मिलेर बसेको देखेर आफ्नो रोजाई पनि अष्टिन भएको स्मरण गर्दै पुरिले यही सांगितिक कार्यक्रमका लागी नेपालीहरुलाई बिभाजन गर्दा कतै पनि राम्रो शन्देश नजाने स्पष्ट पार्नुभयो ।

ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपानेले दुबै समुहलाई मिलाएर लैजाने पटक पटकको प्रयास असफल भएको बताउनुभयो । नेपाली समाज बिभाजन हुने खतरा देखेर मैले ग्रेटर अष्टिन नेपाली सोसाइटीको आयोजनामा सबै कलाकारहरुलाई एकै कार्यक्रममा सहभागी गराऔं भनेर दुबै आयोजकलाई अनुरोध गरें अध्यक्ष न्यौपानेले भन्नुभयो-“बिभिन्न बहानावाजी गरेर तर्किनुभयो ।”समाजमा बिभाजन ल्याउने गरि गरिएका यस्ता कार्यक्रम फलदायी नहुने दाबी गर्दै उहांले बिबादिन कार्यक्रममा आफु नजाने संकेत गर्नुभयो ।

यस्तै एनआरएनए टेक्सास च्याप्टरका महासचिव पदम ठकुराठीले पनि यती थोरै नेपाली भएको शहरमा एकै दिन एकै समय दुई कार्यक्रम गर्नुले आफु आश्चर्यमा परेको बताउनुभयो । समुहमा बिबाद भएपनि सार्बजनिक रुपमै प्रतिस्पर्धामा उत्रिएर अलग अलग कार्यक्रम एकै दिन एकै समय गर्न लागेको ठकुराठीको दुखेसो थियो । अझैपनि समय भएकोले सहकार्यमा कायृक्रम गर्न अनुरोध गर्दै ठकुराठीले सबै एउटै कार्यक्रम गर्न र नसकै फरक फरक दिनमा कार्यक्रम गर्न अनुरोध गर्नुभयो ।

यता ग्रेटर अष्टि नेपाली सोसाीइटीका पुर्ब अध्यक्ष तथा अष्टिनमा नेपाली सामुदायीक घर निर्माण समितीका संयोजक गेहेन्द्र केसीले मिलेर कार्यक्रम गर्दा राम्रो हुनेभएकोले अझै समय भएकोले सहकार्य गरेर एउटै कार्यक्रम गर्न अनुरोध गर्नुभयो ।

हामी लचक भएका हौं – प्रदिप भडेल
नमो नमस्ते इन्टरटेन्मेन्टका सदस्य प्रदिप भडेलले दुई वटा कार्यक्रम सकेसम्म सहकार्य गरेर गर्न आफुहरु पोजेटिभ भएको स्पष्ट पार्नुभयो ।

बिबाद भएपनि सहकार्य गर्न आफुहरुले लचकता देखाएपनि बिबाद गएर गएको अर्को पक्ष अर्थात सुवास थापा तयार नदेखिएर एकलौटी कालिप्रसादको प्रचारमा लागेपछि सहकार्यको सम्भाबना सकिएको बताउनुभयो । आफुहरुले नै टिम सदस्य बनाएको व्यक्तिले बिबाद सृजना गरेपछि यो अवस्था आएको र नमो नमस्तेको आयोजनामा हुने कार्यक्रम तोकिएकै समय अर्थात आउंदो जनवरी ५ तारिख शनिबार ६ बजेपछि अष्टिनस्थित एसिएन अमेरिकन रिसोर्स सेन्टरमा कलाकार समिर आचार्य र रेश्मा सुनुवारको सहभागीतामा हुने बताउनुभयो ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उहांकाले भनाई छ । हामीले टिमवर्क गरेर कार्यक्रमलाई सफल नबाउन लागिपर्यौं भडेलले भन्नुभयो- “थापा जि ले आफुले व्यक्तिगत रुपमा कार्यक्रम गर्न लागेको जसरी कालीको मात्रै प्रचार लगायतका हर्कत गरेर बिबादको सृजना गर्नुभयो ।”

समाजमा देखिएका बिबाद र भ्रमलाई आफुहरुले सामाजिक संजालमार्फत स्पष्ट पारिएको र कार्यक्रममा संकलीत रकम सामाजिक कार्यक्रका लागी खर्च गरिने उहांले बताउनुभयो । सामाजिक संजाल मार्फत एक जना सदस्यका कारण समाजमा बिभाजन हुने खालको नकारात्मक सन्देश गएकोमा आफुहरुले क्षमायाचना गरिसकेको रु कार्यक्रमबारेको जानकारी दिइसकेको भडेलले बताउनुभयो ।

आफुहरु सहकार्यका लागी सदैब तयार रहेको र बिबादपछिको अवस्थामा पनि थापाले पठाएको म्यासेजको रिप्लाई गर्दै सहकार्यका लागी आग्रह गर्दापनि थापा पन्छिएपछि यो अवस्था आएको भडेलको भनाई छ । शुरुमा एउटै टिममा हुंदा केहि नबोलेका थापाले बिबाद गरेर टिमबाट निकालिएपछि नमो नमस्तेले अधिकार नभएको संस्था भएको टिप्पनी गरेकोमा आफुहरुको आपत्ती रहेको उहांले बताउनुभयो ।

आत्मसर्मपन गरेर सहकार्य हुदैन – सुवास थापा
डि एण्ड डि मुभिजको तर्फबाट काली प्रसाद बास्कोटालाई सहभागी गराएर कार्यक्रम आयोजना गर्न लागेका सुवास थापाले पहिले समय हुंदा नै आफुले म्यासेज गरेर सहकार्य गरौं बिबाद नगरौं भन्दा नमो नमस्तेको टिमले नमानेको बताउनुभएको छ ।

बिबाद पछि को अवस्थामा पनि शुरुमा आफुले सहकार्यका लागी म्यासेज गरेको हो केही नेपाली चचित्रमा अभिनय समेत गरिसकेका कलाकार थापाले भन्नुभयो- “उनीहरुले मानेनन् अहिले सबै तयारी भइसकेको अवस्थामा आत्मसर्मपन गरेर सहकार्य गर्न सकिदैन् ।” आफुलाई गलत तरिकाले बिभिन्न व्यक्तिगत आरोप लगाएको समेत थापाको दाबी छ ।

आफ्नो चरित्र हत्याको प्रयास भएकोमा आफ्नो आपत्ती रहेको र अव आफुलाई कार्यक्रम सफल बनाएर देखाउने चुनौती रहेकोले कार्यक्रम निर्धारित समयमै हुने र सम्पुर्ण तयारी पुरा भएको र कार्यक्रम र आफुमाथीका आरोपहरुबारे आफुले सामाजिक संजालमा जवाफ दिइरहेको थापाको दाबी छ । थापाको संयोजकत्वमा आउंदो जनवरी ५ तारिख शनिबार अष्टिनस्थित The bungalows hotel and event centre, cedar park मा बेलुका ६ बजेपछि कालिप्रसाद र डिजे शुर्यको सहभागीतामा कार्यक्रम हुदैछ ।

दोधारमा दर्शक
गायक तथा नेपाल आइडलका जज कालिप्रसाद बास्कोटा एउटा कार्यक्रममा र पिच रोड लगायतका चर्चित गितका गायक समिर आचार्य संगै मै ठुली भैछुरे लगायतका गितकी गायिका रेश्मा सुनुवार अर्को कार्यक्रममा एकै दिन सहभागी हुने भएपछि अष्टिनका संगितप्रेमी नेपालीहरु दोधारमा छन् ।

बिबादका कारण एउटै समुहबाट अलग भएर दुई ठाउंमा एकै दिन कार्यक्रम आयोजना गर्न लागेका आयोजकहरु समेत आफ्नै चिनेजानेका भएपछि कता जाने भन्ने दोधारमा नेपालीहरु छन् । अधिकांस नेपालीहरु भने मिलेर एकै ठाउंमा कार्यक्रम गरे राम्रो हुने र अलग अलग कार्यक्रम गरे आफुहरु सहभागी नहुने बताउंदै आएका छन् ।

यो बिबादित बनेको कार्यक्रमले अष्टिनका नेपालीहरुको संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटीको आगामी फेब्रुअरीमा हने अधिबेसनलाई समेत प्रभाव पर्ने कतिपय नेपालीहरुको बुझाई छ । अष्टिनमा सांगितिक कार्यक्रम आयोजनाका लागी आयोजक बिचमै बिबाद भएर दुई वटा कार्यक्रम एकै दिन हुन लागेको यो पहिलो पटक हो ।