अष्टिनमा सांगितिक धमाका, रेश्मा सुनुवार र समिर आचार्यको साथमा

339

अष्टिन (टेक्सास)- अमेरिका टेक्सास राज्यको राजधानी अष्टिनमा अंग्रेजी नयां बर्ष २०१९ को अवसर पारेर भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

आउंदो जनवरी ५ तारिख शनिबार अष्टिनस्थित एसिएन अमेरिकन रिसोर्स सेन्टरमा चर्चित गायिका रेश्मा सुनुवार तथा लोकप्रिय युवा गायक समिर आचार्यले धमकेदार प्रस्तुती दिन लागेका हुन् । नमो नमस्ते इन्टरटेन्मेन्टले आयोजना गरेको कार्यक्रममा गायक आचार्य गायिका सुनार संगै स्थानीय कलाकारहरुको समेत भव्य प्रस्तुती रहने भएको छ ।

शनिवार बेलुका ६ बजेपछि आयोजना हुने कार्यक्रममा सहभागी हुन आयोजकले अष्टिनवासी नेपालीहरुमा अनुरोध गरेका छन् । गायिका सुनुवारका “मै ठुली भै छु रे” बोलको गितले चर्चाको शिखर छोएको थियो कोइ भन्छ माया, मेरो माया लगायतका गितले चर्चा पाएका थिए ।

यता गायक आचार्यको ‘पिच रोड’, चट्ट सलाम छ, होइन भन्देउ न, घिन घिन बज्यो मादलु लगायतका गितले चर्चाको शिखर चुमेका छन् । यो संगै गायक आचार्य हालै अष्ट्रेलियामा राजारानीको गित गाएको भन्दै बिबादित र भाइरल बनेका थिए जबकी उनले गित बिशुद्ध मनोरञ्जनका लागी गाएको स्पष्ट पारेका थिए ।

कार्यक्रममा संचारकर्मी तथा गायक किशन रेग्मीले समेत आफ्नो प्रस्तुती दिने बताइएको छ ।