अष्टिनमा डार्क कमेडी फिल्म ‘चङ्गा चेट’ आउंदो डिसेम्बर २ मा प्रदर्शन हुने

214

टेक्सास (अष्टिन)- टेक्सासको अष्टिनमा नेपाली फिल्म ‘चङ्गा चेट’ आउंदो डिसेम्बर २ तारिख आइतवार प्रदर्शन हुने भएको छ । नेपालमा दर्शकको राम्रो साथ पाएको फिल्म ‘चङ्गा चेट’ अष्टिनस्थित ग्यालेक्सी हाइल्याण्ड थिएटर (6700 MIDDLE  FISKVILLE  RD.  AUSTIN  TEXAS  78752) मा डिसेम्बर २ तारिख आइतवार बिहान ११ बजेपछि प्रदर्शन गर्न लागिएको हो ।

अमेरिका टेक्सास राज्यको राजधानी अष्टिनमा नेपालीहरुको संख्या बढिरहेसंगै नेपाली फिल्मको प्रदर्शन समेत बढ्दै गएको छ । गएका दुई सातामा पनि छक्का पंञ्जा ३ प्रदर्शन गरिएको थियो जसलाई नेपालीहरुले मन पराएका थिए । ‘चङ्गा चेट’ लाई पनि अष्टिनका नेपालीहरुले मन पराउने अपेक्षा गरिएको छ ।

एउटा सानो गल्तीले जीवनमा पार्ने प्रभावको कथा वाचन ‘चङ्गा चेट’ लाई हेर्न १५ डलर खर्चिनुपर्ने छ । चलचित्र प्रदर्शनबारे थप जानकारीका लागी सनोद कुंवर ५१२-९०३-१९१२ , कबिन्द्र  सुबेदी ५१२-९५५-४४६३, प्रिन्स भट्ट ५१२-३१७-३६११ र प्रदिप ५१२-८५०-०४९६ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

पशुपतिप्रसाद फेम्ड निर्देशक दीपेन्द्र के. खनालले ‘चङ्गा चेट’ निर्देशन गरेका हुन् । उनी उक्त फिल्मलाई आफ्ना अघिल्ला फिल्मभन्दा फरक भन्न रुचाउँछन् । डार्क कमेडी बताइएको फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रबिन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय छ ।

माधव वाग्ले र शर्मिला पाण्डेको संयुक्त लगानीमा निर्माण भएको फिल्मको ‘गोजीमा दाम छैन’ गीत निकै लोकप्रिय बनिसकेको छ ।