ईच्छा शक्ति नै विकासको आधार उप प्रमुख सन्जु

201

नेपाली कांग्रेस युवा नेतृ सन्जु कुमारी थारुको जन्म वि स २०४७–५–२१ मा बुवा पञ्चराम थारु आमा रामजानी थारुबाट कान्छी छोरीको रुपमा भएको थियो । स्थानीय त्रिभुवन माध्यामिक विद्यालयमा प्लस टु सम्म अध्ययन पश्चात  सन्जु कुमारी थारु हाल नेपालगञ्जमा डिग्रीमा अध्ययनरत छिन् । स्थानीय निकाय २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट कोहलपुर नगरपालिकामा उप प्रमुखमा १० हजार ६ सय ७७ मत ल्याई विजयी भइन् । पारिवारीक राजनीतिक पृष्ठभुमिले सन्जुलाई उप- प्रमुख बन्न सहयोग मिल्यो । हाल सन्जु कोहलपुर नगरपालिकामा उप प्रमुखको हैसियतले विभिन्न समिति संयोजकको रुपमा आवद्ध छिन् । थारुले हाल सम्म मलेसिया र फिलिपिन्सको भ्रमण गरिसकेकी छन् । विहिबार विहान थारु निवास कोहलपुरमा उनै सन्जु कुमारी थारुसँग कोहलपुर र फिलिपिन्स बिचको वातावरण तथा खानेपानी केन्द्रित रहेर रवि रोकायले गरेको विशेष कुराकानी ….

 

आराम हुनुहुन्छ ?
हजुर आराम नै छु ।

फिलिपिन्सको भम्रण पनि भ्याउनु भएछ धेरै उपलब्धीहरु त संगाल्नु भयो होला नि 
है ?
हजुर गरे अलि अलि भयो ।

के फरक पाउँनु भयो फिलिपिन्सको विकास र कोहलपुरको विकासमा ?
विकाससँग जोडिएको महत्वपूर्ण विषय भनेको जनचेतना र शिक्षा
हो । शिक्षित र चेतनशिल समाज भए पछि जस्तो पनि विकास सम्भव हुने रैछ भन्ने कुरा सिक्न महशुस भएको
छ । साना साना कुराहरु जस्तै त्यहाँको सरसफाई तथा बातावरणमा फिलिपिन्सले उल्लेखनीय प्रगती
गरेको छ । हामीले पनि त्यहाँको विकास गर्न सक्छौ तर चेतना

र शिक्षामा पहिला सबै नागरिक सचेत समुदायमा ईच्छा शक्ति हुन आवश्यक छ ।
फिलिपिन्समा कुन कुन नगरपालिका वा क्षेत्रमा यहाँको बसाई भयो ?
हामीले त्यहा सेबुमा लाप्पु लाप्पु नगरपालिमा रहेको septage management ra treatment plant बालिवाग सान जोई ,डुमागुते लगाएत क्षेत्रमा निरिक्षण गर्ने अवसर मिल्यो भने त्यहाँको समुदाय र जनप्रतिनिधिहरु बिच खानेपानी तथा सरसफाईमा महत्वपूर्ण योगदान रहेको प्रत्यक्ष रुपमा महशुस गरियो । विकासमा केवल एक पक्षले मात्र चाहेर सम्भव नहुने हुदाँ पहिला स्थानीय, समुदाय बुद्धिजीविहरुको सक्रियता आवश्यक पर्ने रैछ ।

सरसफाई तथा वातावरण सम्बन्धि फिलिपिन्स र नेपाल बिचको फरक के पाउँनु भयो ?
सर्वप्रथम हामीले फोहोर व्यवस्थापनमा ध्यान दिन जरुरी देखिन्छ । भोलिको हाम्रो बालबच्चाहरुको भविष्यलाई आजको इतिहासले स्वच्छ बनाउनै पर्छ ।अनि मात्र भोलि हाम्रा बालबच्चा र समुदायको विकास दिन सक्छौ ।
यसका लागि प्रविधिलाई साथ लिएर जानुपर्छ ।
नेपालमा हाल लागु गर्न चुनौति छ तर असम्भव भने केही छैन फोहोरका समेत विभिन्न प्रकारहरुको उचित पहिचान गर्नु पर्छ । अब हाम्रोमा ढल व्यवस्थापन गर्न नै समस्या छ तर फिलिपिन्समा तरल फोहोर पदार्थलाई प्रशोधन गरी खानेपानी लाई स्वच्छ बनाएको छ । तरल फोहारलाई प्रशोधन गरी सिचाईमा ्रुरुपान्तरण गरी वातावरणीय रुपमा समेत स्वच्छ तथा हरियाली बनाएको देख्न सकिन्छ ।

 नेपालमा तरल प्रदार्थको व्यवस्थापन छैन भन्नु भयो ?
हो हाम्रोमा ढल लाई व्यवस्थापन गर्न चुनौतिका रुपमा हेरिन्छ ।
तर फिलिपिन्समा ढलबाट जम्मा भएको पानीलाई प्रविधिको उचित
प्रयोगमा प्रशोधन गरी सिचाई
गरिने रैछ भने दिसा लाई अन्त्यमा गोबर ग्यासमा परिणत गरि प्रयोग
गरिन्छ ।
नेपालमा शुरु गर्न सकिन्छ कि सकिदैन त्यो प्रविधि ?
हो हाम्रो समुदायमा गर्न सकिन्छ तर पहिला जनचेतना शिक्षा इच्छा शक्तिको आवश्यकता पर्दछ । त्यसपछि मात्र हामीले यि प्रविधिहरुको विकास गर्न सक्छौ । सर्वप्रथम त हामीले त्यसको लागि आवश्यक जमिन तथा योजनाहरु निर्माण गर्न सक्नु पर्छ ।
आवश्यक रकम विनियोजन गर्नु पर्दछ । असम्भव केही कुरा हुदैन तर हाम्रो स्थानीय सरकार ,प्रदेश ,सरकार र केन्द्रिय सरकारको संयुक्त प्रयास हुन आवश्यक छ ।

तपाई स्थानीय निकायको उप प्रमुख हुनुहुन्छ, असम्भव कसरी होला र ?
हो म उप -प्रमुख हुँ तर विभिन्न समस्याहरु छन् । सबै भन्दा पहिला बुझाईको समस्या छ । पार्टीगत दृष्टिकोण रहेको छ । अर्को समस्या कर्मचारी व्यवस्थापन हुन सकेको छैन उप- प्रमुखको हैसियतले विभिन्न ५ वटा भन्दा बढी समितिको संयोजक छु हाल सम्म कर्मचारी व्यवस्थापन तथा प्रशासन सुधार गर्न नसक्दा समितिमा उल्लेखनीय प्रगति गर्न समेत सकिरहेको छैन ।
आफ्नो क्षमताले भ्याए सम्म गरेको छु ।यसलाई पनि मेरो अनुभव र सिकाईलाई व्यापक रुपमा प्रयोग गरि चेतना तथा प्रचार प्रसार गरी विस्तारै फिलिपिन्सको सरसफाई तथा बातावरण र खानेपानीमा ल्याउन सक्ने परिवर्तन ल्याउने प्रयास गर्ने  छु ।प्रगति १०० प्रतिशत नहोला तर शुरुवात भने गर्ने छु यस्ले भविष्यमा पक्कै पनि सुधार आउने छ ।

स्थानीय निकायमा न्यायिक समिति ईजलासको पनि व्यवस्था गरेको छ नेपालको सविधानले तर हाल सम्म पनी ईजलास बनाउनु भएको छैन ? उपभोक्ता हित संरक्षण समिति ,राजश्व परामर्श समिति, अनुगमन समिति लगायत ५ भन्दा वढी समितिको संयोजक हुनुहुन्छ के के गर्नु भएको छ ?
प्रशासन व्यवस्थापनमा समस्या छ । हामीले नबनाउन चाहेको होईन तर कर्मचारीहरुको अभाव तथा नगरको कार्य सम्पादन गर्न धेरै समय खट्नु पर्ने अवस्थाका कारण हाल सम्म गर्न सकेको छैन । तर अब छिटै ईजलास निर्माण हुने छ । राजश्व परामर्श कामले पनि तिब्रता लिएको छ । आइ पिटी लागु गरिएको छ । हामीले कोहलपुर नगरपालिकाको बैज्ञानीक रुपमा कर व्यवस्थापन गरेका छौ । यस्ले गर्दा गरिब किसानलाई मर्का पर्दैन भने मेरो अगुवाईमा बजार अनुगमनलाई तिब्रताका साथ लिएको छु । हामीले अखाद्य वस्तु नष्ट  गरिरहेका छौ । अझै गर्ने छौ । यसले गर्दा कालो बजारी न्यूनिकरण गर्न सहयोग मिलेको छ ।  यसैगरी आयोजनाहरुको अनुगमन प्राविधिकहरुको सहयोगमा गरेका
छौ । उल्लेखनिय गर्न सकेको छैनौ किन भने प्राविधिकहरु माग अनुसार छैनन् अनुगमन गरेका छौ । आयोजना अनुगमनमा हामीले सर्वप्रथम सुझाव दिने हो । राम्रो काम गर्ने लाई रकम निकास गर्ने गरेका छौ ।  भने नराम्रो काम भएको छ भने भुक्तानी रोकेका छौ काम अनुसार सिफारिस गरेका छौ । देैनिकी रुपमा न्यायिक समितिमा आएका मुद्धाहरुमा सहजीकरण गर्ने उहाँहरुलाई मिलापत्र गर्न प्रेरित गर्ने जस्तो क्रियाकलापहरु दैनिकी बनेका छन् ।
अबको योजना के छ तपाईको ?
अब युवा पुस्तामाझ हामीले गरेका क्रियाकलापहरुलाई जानकारी गराउँने उदेश्य लिएको छौँ ।
युवाहरुका अपेक्षा संकलन गर्ने योजना बनाएको छौँ । यो आर्थिक वर्षमा यस्का लागि आवश्यक रकम समेत विनियोजन भईसकेको छ ।हामीले निर्माण गर्ने नीतिहरुमा युवामैत्री बन्नु पर्छ भन्ने मेरो उदेश्य हो । यसका लागि सबै क्षेत्रका युवाहरु माझ व्यापक रुपमा अन्तरक्रिया आवश्यक पर्दछ यस्को तयारीमा  हामी छौ । नगरपालिका कार्यालयका प्रत्येक वडाहरु र वडा अन्तर्गत बनेका टोल सुधार समितिमा बृहत छलफल चलाउने र्छौ । आम जनताको सहभागितामा शुद्ध खानेपानी र ढल निकासको व्यवस्थापन गरिने छ ।यो कार्य छिटै शुरुवात गरिने छ ।