अमेरिकामा नेपालीलाई प्राप्त टिपिएस सुबिधा, गैर आवासीय नेपाली र नेपाल सरकार : बिनोद कुमार तिवारी

425
  • बिनोद कुमार तिवारी

३ बर्ष अघि नेपालमा गएको महाबिनासकारि भुकम्पका कारण अमेरिकि सरकारद्वारा प्रदान गरिएको टिपिएस सुबिधा आगामी बर्ष समाप्त हुँदै छ। १ बर्ष भित्र आफ्नो टिपिएस सुबिधालाइ अन्य स्टाटसमा परिणत गर्न वा अमेरिका आफै छोड्न अमेरिकि सरकारले आदेश गरेको पनि करिब ६ महिना पूरा हुन लागि सकेको छ।

अबको ६ महिनामा अन्य स्टाट्स परिबर्तन गरि कागजपत्र मिलाउन नसकेमा आफै अमेरिका छोड्नु पर्ने हुन्छ । जसको असर हजारौ गैरआवासीय नेपाली र तिनमा आश्रीत परिवारमा पर्ने छ। नेपाली उखान ” जब पर्यो राती तब बुढी ताति”  घाम छउन्जेल तातो घामले तातेको ढुङ्गामा सुत्ने पानी परे पछि बिरक्क्तिने छेपारोको कथा सरह हुने अबस्था छ ती नेपालिहरु र नेपाली समाजको हक र हितमा खोलिएका संघ सस्थाको ….

नेपालि समाजमा समाजसेवाका नाममा खुलेका सस्था गनेर गनि साध्य छैन। यस्ता सस्थामध्ये कतिपय सस्था बर्षको एकपटक ताल न सुरको कार्यक्रम गर्ने खादामाला लगाउने आसन ग्रहण गर्ने बाहेक केही छन । कतिपय संघ सस्था नेपालका राजनैतिक दलका भातृसस्थाका रुपमा खोलिएका छन । जसको काम नेपालबाट आएका ३ न १३ का नेतालाइ बिमानस्थलमा आए देखि फिर्ता नफठाउन्जेल रेस्टुरेन्ट घुमाउने जाडपानी पिलाउने , बैंकबाट ऋण काढेर किनेको साथी भाइको घर घुमाउने देखि सकारात्मक काम गरेको कुनै उदाहरण छैन । जातजाती र क्षेत्रीयताको रुपमा खोलिएका संघ सस्थाको नाम उच्चारण गर्न पनि लाएक आबस्था छैन ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भै सम्बन्धन प्राप्त अमेरिकाको टेनिसी राज्यमा दर्ता भै छाता र साझा सस्थामा रहेको एन आर एन एन सि सि अमेरिकाले कतिपय उल्लेख्य काम गरेको उदाहरण भए पनि यस्ता सकारात्मक काममा कहि चुकेको हो कि भन्ने भान आम गैरआबासिय नेपालिले गर्नु स्वाभाबिक छ। तर पनि यथासमयमा आबस्यक कदम चाल्नु अर्कै कुरा हो भने यश टिपिएस सम्बन्धामा गर्ने काम छायामा परेको भान आफै सम्लग्न सस्था एन आर एन मा परेको महसुस म प्रवक्ताको पदमा कार्यरत रहदा पनि महसुस भै रहेको अबस्था छ। यस बिषयमा आगामी बैठकमा एजेन्डा सहित छलफलमा ल्याउने बचनबद्दता जाहेर गर्दछु ।

सन्सारका विभिन्न रास्ट्रले पाएको टिपिएस सुबिधा मध्ये नेपाल पनि एक हो । जसमा सुडान, एलसाल्भाडोर,हैटी निकारागुवाका गैरआबासिय तथा स्थानीय संघसस्था, कानुनब्यबसायि, बुद्दिजिबी मिलेर क्यालिफोर्निया स्थित जिल्लास्तरीय अदालतमा पुन:बिचारको लागि हालिएको निबिदेनको पक्षमा न्यायाधीश एडबर्ड चेनले फैसला दिएका छन। जसका कारण आगामी नोभेम्बर महिनामा समाप्त हुँदै गरेको टिपिएसधारिहरुलाइ राहतको महसुस भएको छ भने यस फैसलाबाट नेपाल र होण्डुरसका टिपिएसधारिलाइ भने कुनै राहत मिल्ने छैन ।

यसर्थ अझ ६ महिना समय बाकि छ ।यो समय भनेको लामो समय हो। बाकि अबधिमा टिपिएस सुबिधा लिएर बस्ने गैरआबासिय नेपाली , एन आर एन अमेरिका, कानुन ब्यबसायी , विभिन्न संघसस्था , सामाजिक अभियन्ता , बुद्दिजिबी ,पत्रकार, मिडियाकर्मी , मिडिया हाउस तथा नेपाल सरकारका प्रतिनिधि राजदुत ,राजदुतावास,लगाएत अबैतनिक दुत ज्युहरु , बैतनिक दुत, महाबाणिज्य दुत एकताबद्ध हुँदै टिपिएस समस्या समाधनको बिषयमा अघि बढौ ।आबस्यक्ता पर्यो भने कानुनि राज भएको देशको अदालतको ढोका ढकढक्यान समेत पछि नपरौ ।

हामिलाइ थाहा छ एकता नै बल हो । एकता प्रदर्शन गरौ । झिनामसिना कुरा बिर्सेर , राजनितिकरणबाट टाढा राखेर सकारात्मक कामको परिणामको जस कसले वा कुन सस्थाले लिने भन्ने मृगतृष्णालाइ भुलेर काम गरौ ।
जय एन आर एन !!

लेखक तिवारी गैर आवासीय नेपाली संघ अमेरिकाका प्रबक्ता हुनुहुन्छ ।