टेक्सासको अष्टिनमा दशैं कप फुटबल प्रतियोगीता हुंदै, प्रथम पुरस्कार १५ सय डलर

320

टेक्सास (अष्टिन)- अमेरिका टेक्सासको राजधानी अष्टिनमा खुल्ला दशैं कप फुटबल (सक्कर) प्रतियोगिता हुने भएको छ ।

हिन्दु धर्मालम्बीहरुको महान पर्ब दशैंको अवसर पारेर अष्टिनमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । आउंदो अक्टोबर ७ तारिखमा हुने फुटबल प्रतियोगितामा प्रथम हुने टिमले १५ सय डलर पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले ८ सय डलर प्राप्त गर्नेछ ।

प्रतियोगिताका लागी टिम दर्ता शुल्क ३ सय ९९ तोकिएको छ । प्रतियोगिताबारे थप जानकारीका लागी निरोज ५१२२९४४६७८, अनिश ५१२७३९२०१२, शुनिल ५१२२८७१५२२ तथा स ुवास ५१२६५०७५५८ मा सम्पर्क गर्न सकिने बताइएको छ ।