नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लाग्दै, अश्लिल सामग्री ब्लक गरिने

394

५ असोज,काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिवन्ध लगाउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट योनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतविन्ध लगाउन निर्देशन दिएको छ ।

मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान प्रदान, प्रकाशन तथा प्रशारणलाई बन्देज लगाएको बताउँदै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

यसबारे जानकारी दिन प्रकाशित विज्ञप्तिमा इन्टरनेतमार्फत यौनजन्य अश्लि सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता र समाजिक सद्भावमा खलल पुगेको दावी गरिएको छ । यसले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको ठहर सरकारको छ ।

यस्ता अश्लिल सामग्रीको इन्टरनेटका माध्यमबाट आदान प्दमान, प्रकाशन, प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जानल सञ्चालक तथा प्रयोगकर्तामा अपील गरेको छ ।

(अन्लाईनखबर बाट साभार गरिएको)