पार्टिलाई यस्तो सुझाव पठायो जनसम्पर्क समिति अमेरिकाको कानुन बिभागले

146

अमेरिका (टेक्सास) – नेपाली जन सम्पर्क समिती अमेरिकाले माउ पार्टि नेपाली कांग्रेसलाई सुझाव पठाएको छ ।

नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काको संयोजकत्वमा बनेको बिद्यान समितीले सबै देशका जन सम्पर्क समितीलाई पत्राचार गरि सुझाव मागेपछि जन सम्पर्क समिती अमेरिकाले पनि आफ्नो तर्फबाट सुझाव पठाएको जन सम्पर्क समिती अमेरिकाका केन्द्रिय सदस्य तथा कानुन बिभाग प्रमुख अधिवक्ता पिताम्बर भुसालले जानकारी दिनुभयो ।

देशको संरचना अनुसार पार्टीको बिधान परबर्तन गर्न नेपाली कांग्रेसले समिती बनाएपछि बिदेशमा रहेका जन सम्पर्क समितीहरुलाई पनि सुझाव मागिएको थियो ।

यस्तो सुझाव पठायो नेजस अमेरिकाले :

आदरणीय प्रमुख ज्यू
विधान मस्यौदा समिति ,नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा ।ललितपुर

मिति – सेप्टेम्वर १०, २०१८

विषय – नेपाली काँग्रेस विधान मस्यौदा समितिलाई सुझाव पेस गरिएको बारे ।

उपरोक्त सम्वन्धमा नेपाली कागेस विधान मस्यौदा समिति बाट बिदेश स्थित नेपाली कांग्रेसका कार्यकर्ता , जनसम्पर्क समितीमा आवद्द सदस्य, समितीका सदस्यहरू लाइ आपसमा वृहत छलफल गरि सुझाव पठाउन परिपत्र गरिए अनुसार हामी नेपाली जनसम्पर्क समिति अमेरिकीको बिभिन्न पदमा रहेका देहाय बमोजिमका पदाधिकारि र सदस्यहरूको तर्फ बाट निम्न वमोजिमको सुझाव प्रस्ताव विधान मस्यौदा समिति समक्ष पेस गरिएको छ।

१) पार्टीको वर्तमानको केन्द्रिकृत संगठनात्मक संरचनामा परिवर्तन गरी नेपाली काँग्रेसले लोकतान्त्रिक ढाँचा अँगाल्नुपर्दछ । कार्यकर्तामा आधारित कम्युनिस्ट पार्टीहरूका लागि उपयुक्त हुने पार्टी प्रमुखको इच्छा र चाहनामा निर्णय निर्भर गर्ने केन्द्रिकृत संरचना नेपाली काँग्रेस जस्तो जनतामा आधारित स्वयंसेवी कार्यकर्ता भएको पार्टी संचालन गर्न र यसलाई जिवन्त बनाइराख्न उपयुक्त देखिंदैन ।

२) नेपाली काँग्रेसलाई सही अर्थमा जनआधारित पार्टी बनाउन सांगठनिक संरचनामा परिवर्तन गरी नेपाली काँग्रेसको आदर्श र सिद्दान्त स्वीकार गर्ने कुनैपनि नेपाली नागरिक पार्टीको सदस्य बन्न पाउने प्रावधान राखी उनीहरूलाई नै पार्टीका समितिहरू, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूका साथै पार्टीका हरेक तहमा उम्मेदवार चुन्ने अधिकार दिनुपर्दछ ।

३) समानुपातिक निर्वाचनका लागि टिकट वितरण गर्ने अधिकार केन्द्रीय संसदका लागि केन्द्रीय समिति र प्रदेश संसदका लागि प्रदेश समितिलाई दिनु वान्छनीय देखिन्छ । समानुपातिक निर्वाचनको लागि उम्मेदवार हुन पनि सम्बन्धित समूह भित्र आन्तरिक प्रतिस्पर्धा हुनु जरुरी छ । कम्तीमा पनि सम्बन्धित भातृरशुभेच्छुक संस्थाको सिफारिशमा मात्रै संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था गर्नुपर्दछ । उदाहरणको लागि समानुपातिक तर्फको महिला सीटमा नेपाल महिला संघको सिफारिशमा मात्रै संसदीय बोर्डले निर्णय गर्ने व्यवस्था गर्नुपर्दछ ।

४) कार्यकर्ताको मुल्यांकन र न्याय नेपाली कांग्रेस एकमात्र त्यस्तो पार्टी हो जसमा सबभन्दा बढी संगठन र राज्यको पदहरुमा अवसर प्राप्त गर्ने व्यक्तिहरु नै आफुलाई सब भन्दा अन्याय भएको भनेर चर्को स्वर गर्ने गरेका छन । पार्टीको नेतृत्वमा महा अधिबेशनमा निर्वाचनको माध्यम बाट नेतृव चुनिने हुनाले नेताहरुको केहि न केहि रुपमा कार्यकर्ताले मुल्याकन गर्ने गरेका छन, निर्वाचित केन्द्रिय नेतृत्व हेर्दा कार्यकर्ताले गर्ने मुल्यांकन नेताहरुले मनोनयन गर्दा गर्ने मुल्याकन भन्दा ज्यादा न्यायपूर्ण देखिन्छ ।

आम रुपमा भने नेपाली कांग्रेस भित्र कार्यकर्ता र नेताको मुल्यांकन गर्ने प्रणाली बारे सधै भरि प्रश्नरअसन्तुस्टी बिध्यमान रहेको छ । अब खुल्ला सदस्यता प्रणाली लागु भएपछि पार्टीमा बिगतमा संघर्षका दिनमा काम गरेका, त्याग र बलिदान गरेका कार्यकर्ताहरु पछि पर्ने हुन् कि रु अर्थिंक रुपम अलि सक्षम भएका नव प्रबेशिहरुको बोलवाला हुन्छ कि रु भन्ने आशंका धेरै कार्यकर्ता को मनमा घर गरेको छ । यो भावना सबभन्दा ज्यादा शोषण भएको छ । बास्तबमा आर्थिक रुपमा केन्द्रका केहि नेताहरुलाई प्रभावित पारेर टिकट लिनु पार्टीका सदस्यहरुबाट प्रतिस्पर्धा बाट चुनिनु भंदत धेरै सजिलो कुरा हो ।

कुन कार्यकर्ताले कति योगदान गरेको छ भन्ने कुरा नेता हरुको रेकर्डमा छ भन्ने भ्रम धेरै जना कार्यकर्ता हरुमा छ, बास्तवमा न त्यस्तो रेकर्ड प्रणाली छ, न रेकर्ड राख्न नै सम्भव छ । पार्टीका तर्फबाट टिकट वितरण गर्दा यी कुनै कुरा ले कहिल्लै महत्व पाएको छैन । गुटगत संलग्नता वा नेता संगको तत्कालिन सम्बन्ध नै पार्टीका तर्फ टिकट प्राप्त गर्ने प्रमुख आधार रही आएको छ ।

५) पार्टीका सदस्यले उमेद्वार चुन्ने प्राइमरी चुनाव हुनु पर्यो स्प्रत्यक्ष निर्वाचन हुने सबै तहमा सोहि भूगोल भित्रका सबै नेपाली कांग्रेसका सदस्यले नेपाली कांग्रेसको उम्मेद्ववार निर्वाचनको माद्यामबाट चयन गर्ने व्यबस्था गर्नु पर्दछ । टिकटमा हुने अन्याय समाप्त गर्ने यो भन्दा उपयुक्त अर्को कुनै बाटो छैन ।

सबै बिकशित देशमा यो विधिले काम गरेको छ र कसैले पनि टिकट नपाएको गुनासो गर्ने अवस्था भबिष्यमा आउने छैन । पार्टीका सदस्य हरुले नै आफ्नो उमेदवार छान्ने प्रणाली बनाए पछि भने वास्तविक रुपमा गरेका कामको मुल्याकनरछलफल हुने अबस्त्था निर्माण हुने छ । केहि सिमित नेताहरुले गर्ने मुल्यांकन भन्दा धेरै संख्यामा रहेका पार्टीका सदस्य हरुले गर्ने मुल्यांकन निस्चय नै राम्रो ।

६) पार्टीका सदस्यले उमेद्वार चुन्ने प्राइमरी चुनाव हुनु पर्यो स्प्रत्यक्ष निर्वाचन हुने सबै तहमा सोहि भूगोल भित्रका सबै नेपाली कांग्रेसका सदस्यले नेपाली कांग्रेसको उम्मेद्ववार निर्वाचनको माद्यामबाट चयन गर्ने व्यबस्था गर्नु पर्दछ । टिकटमा हुने अन्याय समाप्त गर्ने यो भन्दा उपयुक्त अर्को कुनै बाटो छैन ।

सबै बिकशित देशमा यो विधिले काम गरेको छ र कसैले पनि टिकट नपाएको गुनासो गर्ने अवस्था भबिष्यमा आउने छैन ्र पार्टीका सदस्य हरुले नै आफ्नो उमेदवार छान्ने प्रणाली बनाए पछि भने वास्तविक रुपमा गरेका कामको मुल्याकनरछलफल हुने अबस्त्था निर्माण हुने छ । केहि सिमित नेताहरुले गर्ने मुल्यांकन भन्दा धेरै संख्यामा रहेका पार्टीका सदस्य हरुले गर्ने मुल्यांकन निस्चय नै राम्रो ।
५) नेपाली कांग्रेसको महाधिवेशन हुनु भन्दा दुई बर्ष पहिला बनेका क्रियाशील सदस्यहरू बाट निर्वाचन हुनु पर्ने ।
(कारण निर्वाचन को मुखमा क्रियाशील सदस्यता वितरण गर्दा निर्वाचन लाई असर गर्दछ ।

६) केन्द्रीय सदस्यहरू स्वत महाधिवेशन हुने व्यवस्था हटाई प्रारंभिक तह बाट निर्वाचित हुनु पर्ने । (केन्दिय सदस्यहरू कार्यकर्ता मुखि हुने )

७) पदाधिकारी र केन्द्रीय सदस्य सबै निर्वाचन बाट आउनु पर्नै ।

८)संसदीय समितिमा केन्द्रीय समिति बाँट निर्वाचित हुनु पर्ने ।

९) कार्यसम्पादन समिति २५ जना भन्दा बडि नबनाउने ।

जनसम्पर्क समितिहरुको संबन्धमाः

१) पार्टी केन्द्रसँग र विश्वभरका जनसम्पर्क समितिहरुबीच समन्वय गर्न गठन भएको  नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व संजाल” संबन्धी प्रावधान विधानमा राखी विश्व संजालको अधिवेशन संबन्धी व्यवस्था गर्नुपर्दछ ।

२) सबै राष्ट्रिय समितिहरूको विधान मा एक रूपता ल्याउने ।

३) नेपाली जनसम्पर्क समितिहरूको कार्यकालमा एकरूपता ल्याउने ।

४) ५०१ क्रियाशील सदस्यता पुगेका देशहरूलाई एक क्षेत्र बराबरको मान्यता प्रदान गरिनु पर्ने

५) नेपाली जनसम्पर्क समितिहरू बाट नेपाली काग्रेसको महाधिवेशन मा कम्तिमा २ जना केन्द्रीय सदस्य को पदमा उम्मेदवार हुन पाउने व्यवस्था गरिनु पर्ने
६) नेपाली जनसम्पर्क समितिमा काम गरेर नेपाल फर्केका हरूलाई सम्मानजनक पदको सुनिश्चित गिरनुपर्ने।

७) नेपाली जनसम्पर्क समवन्य  विभागमा जनसम्पर्क समितिमा काम गरेका साथीहरूलाई विभागको सदस्यमा
मनोनित गिरनुपर्ने। र पाटीका अन बिभागमा बिश्व भरिका जनसम्पर्क समितीबाट समेत सहभागिता गराउनुपर्ने
८) नेपाली कांग्रेसका नेताहरू अफिसियल भ्रमणमा विदेश जादा पार्टीबाट त्यहाँ स्थित जनसम्पर्क समितिको
आधिकारिक इमेलमा जानकारी गराउनुपर्ने ।

९) विदेश स्थित जनसम्पर्क समितिले उठाएको पैसाको कारणले स्वयंम जनसम्पर्क समिति , तसका पदाधिकारी र
नेपाली कांग्रेससमेत बदाम हनुपुगेको हनाले त्यहा उठाएका चन्दा वा अन आय व्यकाे जानकारी नेपाली कांग्रेस
पार्टीलार्इ ३ , ३ महिनामा अनिवार्य रुपमा गराउनुपर्ने।

१0)  जनसम्पर्क समितिको अध्यक्षलार्इ पार्टीले त्याे भन्दा माथिलाै पदमा मनोनयन गरेमा निजको अध्यक्ष पद स्वतह खाली हुने र निज भन्दा तलको वरिष्ट व्यक्ति वा कार्यसमितिको बहुमतले कार्यवाहक दिएर निज व्यक्तिले बाँकी अवधिका लागि
कार्यवाहक भएर संगठनको काम कारवाही अगाडी बढाउने।

११)  जनसम्पर्क समितिको म्याद विधानमा ताेकिए बमाेजिम् हुने छ । कूनै पनि  जनसम्पर्क समितिलेआफ्नाे म्याद
सिद्दिनुभन्दा ६ महिना अगाडी अनिवार्य रुपमा आफ्नाे अधिवेशन र महाधिवेशनको पक्रिया शुरु गरी समय अबधि
अर्थात पदावधि नसिद्दिदै महाधिवेशन समन गरि सकुपर्नेछ । यदी कुनै  जनसम्पर्क समितिले पदावधि नसिद्दिदै महाधिवेशन सम्पन्न नगरि पदावधि गुजारेमा नेपाली कांग्रेसले त्याें बैकल्पिक व्वस्था गरेर महाधिवेशन सम्पन्न गराउने छ ।
(यदी म्याद गुजारेर बसेका समिति वा म्याद गुजानेहररूलार्इ म्याद थप्ने प्रवधान वा
वा चलन राखिएमा तसैलाइ टेकेर आफ्नाे म्याद थपाउने काम भइ रहनेहनाले कूनै पनि जनसम्पर्क समितिको
म्याद थप्ने व्यवस्था राखिनु हुँदैन)

१२) जनसम्पर्क समितिलार्इ पार्टी बिदेशमा भ्रातृ संगठन मानेर गठन गरेपिछ अन्य कुनै पनि संगठनका शाखा
गठन गर्न नहुने वा नगरिने।

१३) नेपाली कांग्रेस पार्टीद्वारा  अनुमोदित बिधान बाहेक कूनै पनि अन्य बिधान जनसम्पर्क समितिले लागु गर्न
नपाउने। यदी कूनैजनसम्पर्क समितिले बिधानलार्इ ५०१c वा सम्बन्धित देशसँग मात्र मेल खाने प्रकारको
बनाएमा वा अन्य प्रकारको बनाएमा त्याे जनसम्पर्क समितिको पार्टीसँगको आवद्ता स्वतह समाप्त हुनेछ ।

भवदीय
पिताम्बर भूसाल
प्रमुख कानुन विभाग एवं केन्द्रीय सदस्य

पार्टिले मागेको सुझावपत्र :