२ सय वर्ष पुरानो संग्रहालयमा भीषण आगलागी (ब्राजिल)

122

१८ भदौ, काठमाडौं । ब्राजिलको २ सय वर्ष पुरानो राष्ट्रिय संग्रहालयमा भीषण आगलागी भएको छ । रियो दी जनरियोमा रहेको देशको पुरानो वैज्ञानिक संस्थामा आइतबार आगलागी भएको हो ।

२० लाखभन्दा बढी पुरातात्विक महत्त्वका वस्तुहरु संग्रहित सिंगो भवन भरी नै आगो फैलिएको छ ।

ब्राजिलका टेलिभिजनहरुले देखाइरहेको दृश्यमा भवनभर फैलिएको आगो नियन्त्रणका लागि अग्नी नियन्त्रणकहरुले प्रयास गरिरहेको देखिन्छ ।

आगलागीमा कोही घाइते भएका छन् या छैनन् भन्नेबारे अहिलेसम्म केही पनि प्रष्ट भएको छैन ।

आगो संग्रहालयको सेवा बन्द गरेपछि शुरु भएको अनुमान गरिए पनि त्यसको कारण खुलेको छैन ।

यो वर्ष मात्रै २०० औं वर्षगाँठ मनाएको संग्रहालयमा कुनै बेला पोर्चुगिज राजपरिवार बसेका थिए ।