मेलोडी किङ सुगम पोखरेल अमेरिकामा, पहिलो कार्यक्रम सानएन्टीनियोमा

211

टेक्सास (अमेरिका)– मेलोडी किङले परिचित गायक सुगम पोखरेल सांगीतिक कार्यक्रमका शिलशिलामा अमेरिका आएका छन् । चर्चित गायक पोखरेल बुधबार टेक्सासको डालस आएका हुन ।

युएस टुर २०१८ नाम दिइएको सांगीतिक कार्यक्रमका लागी गायक पोखरेल अमेरिका आएका हुन् । यही १२ तारिख टेक्सासको सानएन्टीनियोबाट गायक पोखरेलको सांगीतीक कार्यक्रम प्रारम्भ हुने आयोजकको भनाई छ ।

अमेरिकामा रहंदा गायक पोखरेलले दुई दर्जन बढि शहरमा आफ्नो प्रस्तुती मार्फत नेपालीहरुलाई मनोरंजन प्रदान गर्ने बताइएको छ । सानएन्टोनीयोमा सानएन्टोनियो नेप्लिज एसोसीएसनको आयोजनामा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । उनले आउंदो मे १९ तारिखमा डालसमा प्रस्तुती दिनेछन् ।

मेरो संसार नामक गीत बाट दुई दशक अगाडी सांगीतिक दुनियामा प्रवेश गरेका सुगम मे र जुन महिनाको लागि अमेरिका यात्रामा रहने छन् ।

अमेरिकामा उनको कार्यक्रम फ्युजन इन्टरनेसनलले नेपसिने तथा प्लानेट ३ फिल्मस् को सहयोगमा ल्याएको हो ।