t

नेपाल अमेरिका पत्रकार संघको अधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरु गठन

218

टेक्सास (अमेरिका)- नेपाल अमेरिका पत्रकार संघ नेजाको छैटौँ अधिबेसन तथा १२ औं साधारण सभा सफल बनाउन बिभिन्न समितीहरु गठन गरिएको छ । (नेजा)का महासचिव तोया दाहालले एक बिज्ञप्ती जारी गर्दै समितीहरु गठन भएको जानकारी दिनुभएको हो ।

प्रेस विज्ञप्ति

जुलाई २१ र २२ मा वाशिंगटनको सियाटलमा हुने नेपाल अमेरिका पत्रकार संघ नेजाको छैटौँ अधिवेशन तथा १२ औ साधारण सभाका लागि विभिन्न समितिहरु गठन भएका छन् ।

छैटौँ अधिवेशन तथा १२ औ साधारण सभाबाट चयन हुने नयाँ कार्य समिति छनौटको लागि सल्लाहकार तारा बरालको संयोजकत्वमा सल्लाहकारहरु योगेश उपाध्याय, गिरिश पोखरेल र आङछिरिङ शेर्पा रहेको निर्वाचन समिति बनेको जानकारी गराउन चाहान्छौं  ।

क्षेत्रीय संयोजक ध्रुव कुँवरको संयोजकत्वमा साधारण सभा तयारी मूल आयोजक समिति बनेको छ  ।  समितिको उप संयोजकमा क्यानडा क्षेत्रीय संयोजक यम घिमिरे र सदस्यहरूमा कोषाध्यक्ष शैलेश पोखरेल, कार्यसमिति सदस्यहरू सन्दिप बाबु चौधरी, लेखनाथ गौतम, मच्छेदेवी गुरुङ र अनुज थापा रहनु भएको छ । अधिवेशनको समयमा प्रदान गरिँदै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार विजेताको नाम छनौट गर्न सल्लाहकार आङछिरिङ शेर्पाको संयोजकत्वमा विजय घिमिरे र ज्योति देवकोटा रहेको तीन सदस्य समिति बनेको छ ।

समितिले नेपाल पत्रकार महासंघबाट छनौट भएर आएका उत्कृष्ट तीन मध्येवाट विजेताको नाम कार्यसमितिमा सिफारिस गर्ने छ । नेजाको अधिवेशनको समयमा प्रकाशन गरिँदै आएको स्मारिका प्रयासको सम्पादक मण्डलमा अग्नि चौलागाईं, कल्पना घिमिरे, लेखनाथ भण्डारी, संजय घिमिरे, शैलेश श्रेष्ठ, रामचन्द्र भट्ट, विकासराज न्यौपाने, बाबुराम दाहाल, शरद पोख्रेल र सुरज भण्डारी रहनु भएको छ ।

सम्पादक मण्डलको छलफलले लेखनाथ भण्डारीलाई प्रधान सम्पादक र विकासराज न्यौपानेलाई व्यवस्थापकको जिम्मेवारी दिने निर्णय भैसकेको जानकारी गराउन चाहन्छु । छैटौँ अधिवेशन तथा १२ औ साधारण सभामा भाग लिने प्रयोजनका लागि मे ३१, २०१८ सम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्नुपर्ने निर्णय यस अघि नै कार्यसामितिले गरिसकेको पुनस् जानकारी गराउन चाहन्छु  ।
मे ४, २०१८

तोया दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ, नेजा
Nepal America Journalists’ Association (NEAJA), USA