मोडल दिपक को नयाँ गीत बजारमा

305

मोडल दिपक को नयाँ गीत बजारमा
चैत,२६ गते

पप पनि हैन, र्याप पनि हैन, तैपनि बबाल छ सोनिकाको डान्स
“पप पनि हैन र्याप पनि हैन” भन्ने न्यू नेपाली हट डिजे गीत सार्बजनिक भएको छ । देव बिरही अनि दुर्गा दाहालले गाएको युगल गीत( “पप पनि हैन, र्याप पनि हैन” – युट्युब मार्फत सार्बजनिक भएको हो । डिजे गीत साच्चिकै नाच्न लायक कै बनेको छ । रमाउन चाहने मानिसले यस खालका गीतहरुलाई रमाइलोका लागि पिकनिक, पार्टी अनि कुनै पनि रमाइलो मुडमा बजाएर वा सुनेर रमाइलो लिन सक्छन । सरिता घिसिंग र पुष्पा तामांगको गीत लाइ सनम पुरुष राईले संगीतबद्ध गरेको गीतमा गायिकाको अलि फरक खालको स्वर लहरीले पनि गीतप्रति श्रोता दर्शकको आकर्षण पैदा हुन्छ. तर प्लस टु जेनेरेसनका माझमा यो गीतले लोकप्रियता पाउनेमा शंका छैन ।

म्युजिक भिडियो पनि गीतलाई सुहाउँदो नै बनेको छ । मोडर्न बनेर राम्री देखिनु सम्म त् ठिकै हो तर मोडर्न बन्ने नाममा अंग प्रत्यंग देखानुनै पर्छ भन्ने पनि केही छैन भनी कलाकारले बुझिदिए कसैलाई घाटा लाग्ने थिएन । तर जे होस् सोनिकासंग दीपक ढुंगाना पनि खुलेर नाचेका छन् र दुबैको जोडी राम्रो अनि सुहाएको देखिएको छ । गीत राम्रो र रमाइलो बनेको छ. म्युजिक भिडियो हेर्न लायक नै बनेको छ । पश्चिम नेपालका उदयमान मोडलका रुपमा दिपक ढुंगाना चिनिएका छन । उनले नेपाली लगाएत हिन्दी गितमा पनि आफ्नो अभिनय देखाई सकेका छन ।