t

एनआरएन अमेरिका केन्टकी च्याप्टर पदाधिकारीको सपथग्रहण सम्पन्न (फोटो फिचर सहित)

459

केन्टकी (अमेरिका)-  गैर आवासीय नेपाल संघ (एनआरएनए) अमेरिका केन्टकी च्याप्टर पदाधिकारीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

केन्टकी च्याप्टरमा निर्बिरोध निर्बाचित अध्यक्ष दिलु पराजुली, उपाध्यक्ष मोहनी डुम्रे, सचिव अनुप बस्नेत, कोषाध्यक्ष शुधिर ओझा, युथ कोर्डिनेटर इश्वर कटुवाल महिला कोर्डिनेटर मञ्जु गौतम तथा सदस्यहरु सम्भाप्रसाद लामिछाने, परशुराम आचार्य, पोषराज भुजेल, हिरा केसी, जर्नाधन रिजालले सपथ ग्रहण गर्नुभएको हो ।

च्याप्टरको सल्लाहकारमा शशिचन्द्र अधिकारी, डा. गुणबहादुर थापा, हेमन्त भेटवाल, प्रिती खत्री, बाबुराम अधिकारी, राम खनाल र एक नारायण सुबेदी रहनुभएको छ ।

सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले सर्बसम्मत रुपमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै एनआरएन अभियानका बारेमा स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष शुनिल साह, कोषाध्यक्ष डा. प्रकाश अर्याल , बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराई प्रिती खत्री, एनआरएन विसकान्सीस च्याप्टरका अध्यक्ष बुद्धि सुबेदी, नेपालबाट आएका उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारी लगायतको सहभागीता रहेको थियो ।

च्याप्टर सचिव अनुप बस्नेतले संचालन गरेको तथा शशिचन्द्र अधिकारीले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममार्फत च्याप्टरको आधिकारीक वेबसाइट www.nrnusakentucky.org को बरिष्ठ उपाध्यक्ष शुनिल साहले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापती तथा च्याप्टर अध्यक्ष दिलु पराजुलीले स्थानीय संघ संस्थाहरु संगको समन्वयमा च्याप्टरले बिभिन्न कार्यक्रम गर्ने योजना बनाएको बताउनुभएको थियो । सपथ ग्रहण कार्यक्रम स्थानीय लेक्जिङटन सिटीमा सम्पन्न भएको हो । यही मार्च १८ तारिखमा सम्पन्न कार्यक्रममा कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।