मध्यपश्चिम क्रिकेट क्लबका दुई खेलाडी यु–१६ राष्ट्रिय क्याम्पमा छनोट

937
कोहलपुर । मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरका दुई र अन्य दुई गरी चार जना खेलाडी यु–१६ राष्ट्रिय क्याम्पको लागी क्षेत्र नं. ५ नेपालगञ्जबाट छनोटमा परेका छन् । निकट भबिस्यमा हुने एसीसी यु—१६ इिलाइट कपलाई ध्यानमा राखी विभिन्न क्षेत्रबाट उत्कृष्ट खेलाडी छान्ने क्रममा क्षेत्र नं. ५ नेपालगञ्जबाट मध्य पश्चिम क्रिकेट क्लबका २ खेलाडी लबकुश यादब र बीशाल के.सी क्याम्पको लागी छनोटमा परेका हुन भने अन्य खेलाडीमा सुनील भण्डारी र नवीन आचार्य रहेका छन् ।

मिडियम फास्ट बलरका रुपमा परिचित लबकुश यादब मध्य पश्चिम क्रिकेट क्लबका नियमीत खेलाडी हुन उनले क्लबका तर्फबाट २ पटक यु–१६ राष्ट्रिय प्रतियोगीता खेलीसकेका छन् भने देशैभर हुने विभिन्न साना ठुला प्रतियोगीतामा भाग लीइसकेका छन् । त्यस्तै यादबले बाँके जिल्ला र क्षेत्र नं. ५ नेपालगञ्जको तर्फबाट पनि खेलीसकेका छन् । तेसैगरी मध्य पश्चिम क्लबका अर्का खेलाडी बीशाल के.सी ब्याट्सम्यानका रुपमा चिनिन्छन् । उनी पनि क्लब संगसगै भारतको दिल्लीमा यु १४ खेल्दै आएका छन् ।