नेपालगन्ज । चलचित्र लेखनमा उदाउँदै गरेका लेखक यम थापाको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘राज्जा रानी’को टिजर सार्वजनिक भएको छ । यो चलचित्रको ५० सेकेन्ड लामो टिजरमा मुख्य कलाकार नाजिर हुसेनलाई देखाइएको छ । आर्यन फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा नाजिर हुसेन, केकी अधिकारी, कामेश्वर चौरासियाको मुख्य भूमिका छ । यो चलचित्र पौष २८ गतेबाट रिलिज हुँदैछ । पश्चिम तराइको जनजाती प्रेमकथामा यो चलचित्र निर्माण भएको छ ।

चलचित्रलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । चलचित्रमा लक्ष्मी वर्देवा, संगिता नापित, अरुण रेग्मी, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।