प्रधानमन्त्री देउबा संग को-को आउंदैछन् अमेरीका ? (सुचि सहित)

3158

अमेरीका – प्रधानमन्त्री शेरबहादुर देउवा यही असोज ३ गते जम्बो टोलि सहित अमेरीका आउन लाग्नुभएको छ । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउबा न्युयोर्क आउने कार्यक्रम छ । महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउबा असोज १२ गने फर्किने बताइएको छ । प्रधानमन्त्री देउवा संग को – को आउंदैछन ?

१. प्रधानमन्त्री शेरबहादुर देउवा (नेता)
२. उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा (उपनेता)
३. प्रधानमन्त्रीकी धर्मपत्नी, आरजु राणा देउवा (सल्लाहकारको रूपमा)
४. श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर – प्रतिनिधि
५. परराष्ट्रसचिव शंकरदास वैरागी, प्रतिनिधि
६. संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालय, भरतराज पौड्याल –प्रतिनिधि
७. क्षेत्रीय संगठन महाशाखा प्रमुख, परराष्ट्र, मणिप्रसाद भट्टराई (सल्लाहकार सार्क मन्त्रीस्तरीय बैठकसम्बन्धी कामका लागि)
८. दीपक अधिकारी, शिष्टाचार महापाल
९. तीर्थराज वाग्ले, सहसचिव एवं मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख परराष्ट्र मन्त्रालय
१० दिलीपकुमार पौडेल, उपसचिव, संयुक्त राष्ट्रसंघ महाशाखा परराष्ट्र मन्त्रालय
११. राजुप्रसाद गुरागाईं उपसचिव (कानुन) परराष्ट्र मन्त्रालय (वैकल्पिक प्रतिनिधि)
१२. युवराज चौलागाईं, परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव – सल्लाहकार
१३. प्रथमा उप्रेती, शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय – सल्लाहकार
१४ . प्रवीण भट्टराई, शाखा अधिकृत, परराष्ट्र मन्त्रालय

प्रधानमन्त्रीको सल्लाहकार, सचिवालय र सुरक्षा पदाधिकारीहरू
१५. दिनेश भट्टराई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार
१६. भानुबहादुर देउवा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव
१७. गोविन्द परियार प्रधानमन्त्रीको वरिष्ठ सञ्चारविज्ञ
१८. बद्रीप्रसाद तिवारी, उपसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
१९. अनुपविक्रम राणा, प्रधानमन्त्रीको नेपाली सेनातर्फको सुरक्षा गार्ड
२० कोमल शाह नेपाल प्रहरीतर्फको प्रधानमन्त्रीको सुरक्षा गार्ड
२१. सोनी शाह, प्रधानमन्त्रीको सहस्वकीय सचिव
सञ्चारकर्मीतर्फ
२२. भीष्मराज ओझा, संवाददाता रासस
२३. गोविन्द धिताल, नेपाल टेलिभिजन
२४. अनुपकुमार घिमिरे, नेपाल टेलिभिजन, क्यामेरामेन

नेपालबाट आउने टोलीका अलावा अमेरीकाकाबाट महासभामा भाग लिनेहरु

-महासभामा स्थानीय नियोग न्युुयोर्कबाट सहभागी हुने सदस्यहरू नौजना (प्रतिनिधि)

-महासभामा महावाणिज्य दूतावास, न्युयोर्कबाट सहभागी हुने चारजना सदस्यहरू (प्रतिनिधि)
– मधुकुमार मरासिनी, महावाणिज्यदूत
–पुष्पराज भट्टराई, नायब महावाणिज्यदूत
–कृष्णकुमार सुवेदी, वाणिज्यदूत
–शोभा डुम्रे, नायब वाणिज्यदूत