एनआरएन अमेरीकाका नवनिर्वाचित पदाधिकारीलाई नेजाको बधाई

676

टेक्सास (अमेरीका)- एनआरएन अमेरीकाका नव निर्वाचित पदाधिकारीलाई नेपाल अमेरीका पत्रकार संघ नेजाले शुभकामना व्यक्त गरेको छ ।

शुक्रवार नेजाका महासचिव तोया दाहालले एक विज्ञप्ती जारी गर्दै हालै सम्पन्न एनआरएन अमेरीकाको निर्वाचन मार्फत अध्यक्षमा बिजयी डा. केशब पौडेल लगायत निर्वाचित अन्य पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

विज्ञप्तीमा नवनिर्वाचित कार्यसमितीले अमेरीकामा रहेका नेपालीहरु तथा मातृभुमी नेपालको लागी सदैब रचनात्मक कार्य गर्दै आफुलाई उदाहरणका रुपमा प्रस्तुत गर्न सकोस भनी शुभकामना दिइएको छ ।

नेपाली समुदायको हितका लागी आगामी दिनमा दुबै संस्था बीच सहकार्य गर्दै जान सकिने विश्वास राख्दछौं, विज्ञप्तीमा भनिएको छ ।