डा. पौडेलको समर्थन सहित प्रचारप्रसार गर्दै नेजस पुर्व संयोजक बिष्ण सुबेदी

295

अमेरीका – एनआरएन अमेरीकाको निर्वाचन संघारमा रहेका बेला नेपाली जन सम्पर्क समिती अमेरीकाका पुर्व संयोजक बिष्णु सुबेदीले डा. केशब पौडेललाई समर्थन गर्दै सामाजिक संजाल मार्फत प्रचारप्रसार थाल्नुभएको छ ।

अमेरीकामा नेपाली डायस्पोराका प्रभावशाली व्यक्तित्व तथा नेपाली कांग्रेसका नेता सुबेदीले आगामी कार्यकाल २०१७/२०१९ का लागी अन्य अध्यक्षका उम्मेद्धार भन्दा डा. पौडेल नै सक्षम भएकोले डा.पौडेललाई अत्यधिक मतका साथ बिजयी बनाउन अपिल गर्नुभएको छ ।

सुबेदीले सामाजिक संजालमार्फत नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य तथा जन सम्पर्क समिती अमेरीकाका पुर्व सल्लाहकार डा. पौडेल तथा उहांको टिमलाई बिजयी बनाउन अमेरीकावासी एनआरएन मतदाताहरुमा अपिल गर्नुभएको छ ।

डा. पौडेल तथा उहांको टिमलाई समर्थन गर्नेहरु बढिरहेका बेला अमेरीकामा प्रभावशाली देखिएका व्यक्तिहरु समेत खुलेरै डा. पौडेलको समर्थनमा भोट मागिरहेका छन् ।

एनआरएन अमेरीकाको निर्वाचन यही ५ र ६ तारिखमा हुदैछ जसमा डा. पौडेल सहित उहांको टिम नै बलियो अवस्थामा रहेको बताइएको छ ।