t

२६ वर्ष पछि बल्यो बत्ति नरैनापुरमा

1

बाँके   /वि.स. २०५१ को निर्वाचन अघि प्रेम भण्डारीले आफ्नो उम्मेद्वारीसँगै बिजुलीका पोल गाडेका थिए ।

२०५१ साल यता चार वटा निर्वाचन सम्पन्न भए । यति धेरै निर्वाचन भएर सांसद पाएको नरैनापुर क्षेत्रमा हाल बत्ती बलेको छ । “पोल गाडेको २६ वर्ष पछि, अहिले बत्ती बलेको छ ”, नरैनापुर गाउँपालिका वडा नं. १ का मेराज खाले भने, “अहिलेसम्म पोल हेरेरै बस्यौ बत्ती बल्ने सपना बल्ल पुर भएको छ ।” साथै उनले त्यतिबेलाको निर्वाचन जित्नका लागि भण्डारीले ‘पारव प्रयोग गरेर’ नरैनापुरमा रातारात पोल गाडेको उनी बताउँछन् ।
भण्डारीले विद्युत कार्यालयसँग समन्वय नै नगरी व्यक्तिगत लगानिमा भारतबाट केही थान बिजुलिका पोल ल्याएर गाडेको स्थानिय खाँले जानकारी दिए ।
रातारात पोल गाडेका भण्डारीलाई विश्वास गरेर नरैनापुर र राप्तीसोनारी क्षेत्रका जनताले २०५१ सालमा बाँके क्षेत्र नं १ बाट भारी मतले बिजयी गराए ।

तर निर्वाचन अगाडि गाडिएको पोल बाहेक भण्डारीका पालामा विद्युत क्षेत्रमा थप काम हुन सकेन् । चुनाव आफ्नो पक्षमा पार्नका लागि पोल गाडिएको हुनसक्ने स्थानियहरु बताउँछन् ।
थप काम हुन नसकेपनि बाँके निर्वाचन क्षेत्र नं १ अर्थात हालको राप्ती सोनारी र नरैनापुर क्षेत्रबाट २०५६ सालमा नेपाली काँग्रेसका ज्ञानु केसी प्रतिनिधी सभामा निर्वाचित भए । ज्ञानु केसी निर्वाचित भई सके पछि विद्युतिकरणका लागि केही प्रयास भएपनि त्यसले सार्थकता पाउन सकेन् ।

उनले तत्कालिन अवस्थामा नेपाली काँग्रेसका प्रभावसालि नेता खुम बहादुर खड्काको सहयोगमा विद्युतिकणलाई अगाडि बढाउने प्रयास गरेका थिए । २०५६ सालमा बाँके निर्वाचन क्षेत्र नं. १ मा रहेको हालको राप्तीसोनारी र नरैनापुर २०६४ को संविधान सभासम्म आईपुग्दा दुई वटा निर्वाचन क्षेत्रका विभाजित भयो ।

हालको राप्तीसोनारी साविकको १ नं. र नरैनापुर २ नं. बन्यो । भण्डारी पछि २०६४ मा दुवै क्षेत्रबाट गरि तिलक परियार, ईस्तियाक राई र समानुपातिक तर्फ पटु थारु निर्वाचित भए । २०७० सालमा दिनेश यादव र देबराज भार सो क्षेत्रबाट संविधान सभा सदस्यमा निर्वाचित भए । पूर्व खानेपानि राज्य मन्त्री समेत बनेका संविधान सभा सदस्य दिनेश यादवले विद्युत विस्तारका क्रममा भएका नीतिगत अवरोध हटाउन लागि परेका थिए ।

हाल नेकपा बाँकेका जिल्ला ईन्चार्ज समेत रहेको यादव नरैनापुरबासी समेत हुन् । राप्ती क्षेत्रमा विगतमा चुनाव जित्नका लागि पोलहरु गाडिएको भएपनि विद्युत विस्तारका लागि पहिलो पटक २०६४ सालमा राप्ती क्षेत्रका तत्कालिन नौ गाविसका मानिसहरुको प्रतिनिधित्व हुनेगरि अवध राम थारु अध्यक्ष रहेको सोनारी बघौडा ग्रामिण विद्युतीकरण उपभोक्ता समिति निर्माण भयो । जसको संरक्षकका रुपमा हाल नेकपाका नेता अमर खड्का थिए ।


तत्कालिन पहल कर्ता तथा समितिका संरक्षक खड्काका अनुसार विद्युतिकरणका लागि पाँच चरणका कार्ययोजना बनाएर सामुदायिक विद्युतिकरणको आयोजना सुरुवात गरियो । जसका लागि २०६५ सालमा समितिले ३ करोड २२ लाख रुपैयाँ विद्युत कार्यालयलाई बुझाएको खड्का बताउँछन् । पाँच चरण अन्तर्गत पहिलो कोहलपुर धामपुर लाईन बिस्तार, दोस्रो धाम पुर सब सटेशन निर्माण, तेस्रो बैजापुर र नरैनापुरमा लाईन बिस्तार, चौथो, साबिकका कट्कुईया, कालाफाँटा , लक्ष्मणपुर र मटेहियामा लाईन बिस्तार र पाँचौ गंगापुर, फत्तेपुर र बिनौनामा लाईन बिस्तार गर्ने विद्युत कार्यालय र ग्रामिण विद्युतिकरण समिति बिच सहमति भएको थियो ।
पाँच चरणमा सहमति भएपति पहिलो काम ‘कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइन बिस्तार गर्न उष्मा÷गुरुओम÷धुलिखेल जेभी’ २०६६ साल पुस ३ गते रु.४ करोड १८ लाख लागतमा नेपाल विद्युत प्राधिकरणसँग ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार ठेकेदारले काम अगाडि नबढाउँदा नरैनापुरका जनताका बक्ति बाल्ने योजना रहरमै सिमित भएको थियो ।

नेपाल विद्युत् प्राधिकरण डिभिजन कार्यलय नेपालगंजका प्रमुख मुनेन्द्र ठाकुरले विगतमा विद्युत् कार्यालयले सिधै हेर्नुभन्दा पनि सामुदायिक विद्युतीकरणअन्तर्गत राखिएकाले ढिलाइ भएको बताए । सामुदायिक विद्युतीकरणमा ठेकेदारको बद्मासीले नरैनापुरमा बत्ती बल्न ढिलाई भएको बताए । बन क्षेत्र बाँधक भएको भन्दै ठेकेदार कम्पनीले लाईन बिस्तारको काममा ढिलाई गदै आएको थियो । ठेकेदार कम्पनिले ढिलाई गरे पछि संघिय सांसद महेश्वर गहतराज अथकले आफ्नै पहलमा वन क्षेत्रका कारण नौ वर्षदेखि अन्यौलमा रहेको विद्युतीकरणका लागि अवरोधका रुपमा रहेको रुख काट्ने निर्णय गत साउनमा मन्त्रीपरिषद्ले गरिदिएपछि विजुली बाल्ने आशा राप्तीपारिका बासिन्दामा देखिएको थियो । सांसद गहतराज आफैले नै लाइनमा परेका रुख काट्न शुरु गरेका थिए ।
बाँकेको कोहलपुरस्थित सवस्टेशन देखि राप्ती सोनारी गाउँपालिकाको धामपुरसम्मको क्षेत्रमा पर्ने साढे ५ किलोमिटर वन क्षेत्रमा पर्ने २ सय १२ वटा रुखहरु काट्नका लागि साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएसँगै लामो समयदेखि रोकिएको विद्युत लाइन विस्तारको काम अगाडी बढेको हो ।
कोहलपुरदेखि बैजापुरसम्म विद्युत सेवाका लागि राप्तीसोनारीको धामपुरमा ३३ केभी प्रसारण लाइन सव स्टेशन स्थापना गरिएको थियो । मन्त्रीपरिषद्को निर्णय भयो, रुख पनि काटिए, पोल पनि ठड्याउन सुरु भयो । तर ठेकेदारले काम नै नगरेपछि नेपाल विद्युत प्राधिकरण कार्यालयका क्षेत्रीय कार्यालयले पुरानौ सम्झौता तोड्र नयाँ ठेक्का सम्झौता गरेको थियो । ‘तोकिएको समयमा काम नगरेपछि हामीले म्याद थप्दै आएका थियौं, भएका अवरोध हटेपछि पनि काममा तदारुखता नदेखाएपछि तत्कालीन अवस्थामा ठेक्का रद्द गर्नुपरेको हो,’ विद्युत कार्यालय श्रोतले । सो क्षेत्रमा ९ सय ३० वटा पोल ठेकेदारले गाड्नुपर्नेमा ३०० वटा मात्रै पोल ठेकेदारले गाडेको थियो ।

राप्तीपारि विद्युतीकरणको ठेक्का पाएका ठेकेदार राजेन्द्र मिश्रले अनाधिकृतरुपमा ठेक्का रद्द गरिएको भन्दै अदालतमा मुद्दा दायरा गरेपछि केहि समय काम रोकिएको थियो । अदालतले ठेक्का रद्ध गर्ने कार्यालाई बैधानिकता दिए संगै विद्युतीकरणले तिब्रता पाएको थियो । बाँके क्षेत्र नं १ का सघिय सांसद महेश्वर गहतराज अथकले ‘कोहलपुर–धामपुर ३३ केभिए प्रसारण लाइन विस्तार गर्न उष्मा÷गुरुओम÷धुलिखेल जेभी’ लाई ठेक्का सम्झौता गर्दा डि.पि.आर र वातावरणीय प्रभाव मुल्याङकन नगरि ठेक्का सम्झौता गर्दा समस्या पैदा भएको बताए ।

सांसद अथकले आफै उर्जा मन्त्रालय गएर मन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसीङको सहयोगमा वातावरणीय प्रभाव मुल्याङकन गराए पछि रुख काटन लगायतको काम अगाडी बढेको जानकारी दिए । अथकका अनुसार कार्यकारी प्रमुख घिसिङले राप्ती क्षेत्रको विद्युतिकरणलाई उच्च प्रथमिकतामा राखेर २२ करोड बजेट बिनियोजन गरेको जानकारी दिए । उनले राप्ती क्षेत्रका साबिकको बैजापुरमा कोहि समस्या रहेपनि अन्य क्षेत्रमा कुनै समस्या नरहेको बताए । अथकका अनुसार बैजापुर क्षेत्रका पनि विद्युत बिस्तारको जिम्मा ठेकेदार राजेन्द्र मिश्रले लिएकाले समस्या आएको बताए ।

उनले मिश्र संगको ठेक्का बदर गरेर नयाँ प्रक्रिया सुरु गर्न उर्जा मन्त्री र निर्देशक घिसिङसंग कुराकानि भई रहेको जानकारी दिए । राप्तीसोनारी र नरैनापुरको विद्युतीकरणको लागि महत्वपूर्ण भुमिका खेल्नु हुने माननीय उर्जा,जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन “अनन्त”, नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, डि.एम.डि. हरराज न्यौपाने, विद्युत विकास विभागका महानिर्देक नविन सिंह, विधुत प्राधिकरण नेपालगञ्जका तत्कालीन क्षेत्रीय प्रमुख मनोज सिंह र हालका प्रमुख मुनिन्द्र ठाकुरको उल्लेख्य भूमिका रहेको बताएका छन ।