t

५९ जना नागरिकको उद्धार गर्यो बैजनाथ गाउँपालिकाले

56

बाँके ।   बाँके बैजनाथ गाउँपालिकाले आफ्ना ५९ जना नागरिकहरुको अहिले उद्धार गरी बैजनाथ ल्याएको छ ।सिमापारी भारतमा रहेका आफ्ना नागरिकहरुको सुरक्षा तथा उनीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले उद्धार गरी ल्याएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको अनुमतिमा उनीहरुलाई  बैजनाथ गाउँपालिका  ल्याइएको हो ।

उद्धार गरी ल्याएकाहरुलाई  गापउँपालिकाले वडाहरुमा स्थापना गरेको स्वास्थ्य परामर्श केन्द्र ( क्वारेनटाइन)१४ दिन सम्म राखिने छ  बैजनाथका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजग शाहीले भने ।  शाहीले वडा न ५ मा ७ जना वडा न ६ मा ४ जना वडा न २ मा ११ वडा न १ २१ जना वडा न ४ मा ४ जना र बाँकी वडा न ३ १२ जना गरी ५९ जनालाई उद्धार कार्य अहिले जारी रहेको बताए । यसै गरी उद्धार गरी ल्इाइएका बैजनाका नागरिहरुलाई वडा अध्यक्ष स्वास्थ्यकर्मीले स्वागत गरेका छन् ।

यो संकटमा आफ्ना नागरिकहरुको उद्धार गर्न पाउदा खुसी  व्यक्त गर्दै   वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीले हाम्रो प्रथम कतव्य बैजनाथका जनताको सुरक्षा हो हामी आफ्ना नागरिकहरुको सुरक्षाका लागि सबै विपत संग सामाना गर्न तयार छौ र रहन्छौ  खत्रीले भने ।
उद्धार गरी ल्याइएका लाई स्वास्थ्य परामर्श उपलब्ध हुने र आवश्यक सुरक्षाका विषयमा जानकारी समेत उपलब्ध गराईने बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतले  जानकारी दिए ।

उद्धार गरी ल्याएका ५९ जनाको  कोरना संक्रमण छ छैन परिक्षण गरिने छ । १४ दिन भित्र कुनै पनि समस्या नदेखिएमा उनीहरुलाई होम क्वारेनटाइन बस्न प्रेरणा गराईने छ ।