t

बैजनाथले गर्यो दक्षिणका चार सिमा सिल

65

बाँके बैजनाथ गाउँपालिकाले लकडाउन कार्यान्वयन  गर्नाका लागि दक्षिणतर्फका ४ सिमा पूर्ण रुपमा बन्द गर्ने भएको छ ।
बैजनाथ गाउँपालिका कोभिट १९ रोगथाम समन्वय समितिको चौथो बैठकले उक्त निर्णय गरेको हो ।

दक्षितर्फका सिमाहरु मध्ये वडा न ७ बाट खजुरा गाउँपालिका वडा न ४ हुदै डि गाउँ र इ गाउँ जोड्ने पेडारी सिमा , वडा न ५ को गुरुवा गाउँ प्रवेश गर्ने खजुरा वडा न ८मा पर्ने घिया सिमा  वडा ६ को संझना रोड एच गाउँ देखी खजुरा गाउँपालिकाको वडा न ८ को रनियापुर निस्किने सिमा छ भने , वडा न ७  को सिमलघारी देखी टिटिहिरिया प्रवेश गर्ने सिमा पूर्ण बन्द गर्ने निर्णय गरिएको गाउँपालिका प्रवक्ता गुमान बहादुर दमाइले जानकारी गराए ।

बैठकमा सुरक्षाकर्मी परिचालन गर्ने तथा अपुग सुरक्षाकर्मी जिल्ला प्रशासान कार्यालय बाँके मार्फत थप सख्या माग गर्ने र स्थानीय स्तरमा प्रत्येक सिमाहरुमा स्यमसेवक परिचालन गर्ने निर्णय गरिएको बैजनाथ गापउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाहीले जानकारी गराए ।

यसै गरी राहत तिवण भएको तथ्याक तथा खर्च विवरण सार्वजनिक गरिएको छ । हाल सम्म २हजार ९ सय ३८घर परिवार लाई राहत उपलब्ध गराईएको बैजनाथ गाउँपालिका सूचना अधिकारी तप्त राज आचार्यले जानकारी गराए । यसै गरी छुट हुन गएका श्रमिकहरुको तथ्याकका आधारमा पुनः राहत उपलब्ध गराइने बताइएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा १६ जना कोरना संक्रमित भएको पृष्ठि भए पश्चात बाँकेका स्थानीय तहहरुले सिमा हरु बन्द गर्ने निर्णय गरेका हुन् । बाँकेको कोहलपुर नगरपालिकाले समेत नेपालगञ्ज कोहलपुर सडक खण्ड सिमा हिजै  बन्द गर्ने निर्णय गरिसकेको छ ।  खजुरा गाउँपालिका आज विहना ७ बजे भित्रै सिमा बन्द गरी सिमामा प्रहरी परिचालन गरिसकेको छ ।  संक्रमितहरु लाई खजुरा गाउँपालिका प्रस्तावित सुशिल कोइराला क्यान्सर अस्पताल आइसुलेसन वाडमा राखिएको छ ।