t

बैजनाथमा खोप कार्यक्रम संचालन

17

मासिक नियमित रुपमा संचालन हुने राष्टिय खोप कार्यक्रमले बैजनाथमा  निरन्तरता पाएको छ ।  सामाजिक दुरी कामय राख्दै मासिक  नियमित रुपमा संचालन गरिने खोप अभियानलाई संचालन गरिएको  बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धननाथ योगि बताए ।

प्रकोप फैलिन नदिन सबै स्वास्थ्यकर्मी र महिला स्वास्थ्यसेविका परिचालन गरिएको छ ।  सुरक्षित दुरी र माक्सको प्रयोग गर्ने गरी खोप केन्द्रले वयवस्थापन गरेको छ ।

 अभिभावक आमाहरुले बालबालिका ल्याउनु भएको छ  व्यसंभावित हुने भिडलाई व्यवस्थापन गरी  खोप सेवा दिएका छौ  बैजनाथ गापउँपालिका स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी रोकायाले जानकारी दिईन् ।

यसै गरी खोप कार्यक्रमको पालिका स्तरीय अनुगमन समितिले अनुगमन गरेको छ । अनुगमन समिति संयोजक शारदा रेग्मी विकको अभियानको अनुगमन सगै कोरना भाइरस बाट बच्ने उपायहरु बारे बैजनाथ ८ हस्नापुर खोप केन्द्रमा आएका आमाहरुलाई सचेतना समेत गरिन् ।

उपाध्यक्ष समेत रहेकी विकले घरको उत्पाद खाने र तातो पानी नियमित खाने गर्नु होला राशन छैन भने वडामा सम्पर्क गर्नु होला  बेला बेला साबुन पानीले हात्त धुने  नमस्कार ।  अभियन अन्तगत हस्नापुर खोप केन्द्रमा ३० चिसापानी १२९ पेडारी ४२ बैजनथा ४ नौलापुर ३६ जी गाउँ ४६ थपुवा ३३ जनाले बालबालिकाले विभिन्न ११ प्रकारका खोप सेवा उपलब्ध दिइएको बैजनाथ स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी रोकायाले जानकारी दिइन्।