कोरना संक्रमणबाट बच्न जारी गरे अध्यक्ष रुचालले बैजनाथबासीमा सन्देश

1

बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बैजनाथका जनतालाई कोरना संक्रमबाट बच्न र सचेत रहनका लागि सन्देशमूलक सम्बोधन गरेका छन् ।

अध्यक्ष रुचालले सघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कोरना संक्रमबाट बच्न र संक्रमण रोग्न गरेका निर्णय पालन गर्न बैजनाथका जनतालाई आग्रह गरेका हुन् । अध्यक्ष रुचाले जारी गरेको सन्देशमा भनेका छन् चिनको हुवान प्रान्त बाट शुरु भएको कोरना संक्रमण हाल विश्व ब्यापी रुपमा फैलिएको र छिमेकी देश भारतमा यो संक्रम फैलिसकेको र भारत बाट बाकेको जिल्लाको नाका प्रयोग हुदै दैनिक हजार नेपाली नागरिक स्वदेश आउदै गर्दा यो संक्रमण बाँकेमा उच्च जोखिम रहेको र बैजनाथका जनतालाई  समेत यो संक्रमण हुन सक्ने सम्भावना प्राप्त रहेको अवस्थामा सबैमा सचेत रहन अध्यक्ष रुचालले आग्रह गरेका छन् ।  रुचालले जारी गरेको सन्देशमा घरमा नै बस्न ,धेरै मात्रामा भ्यान्टिलेटर भएको कोठामा बस्न र शौचालय सफा राख्न , आफुले प्रयोग गरेका कोठा आफै सफा राख्ने , अत्या आवश्यकीय काम बाहेक घरबाट बाहिर ननिस्कने , भिडभाड जन्य कार्य नगर्ने र भिडभाडमा नजाने ,बारबार साबुन पानीले मिचिमिचि हात धुने , माछामासु तथा मासु जन्य बस्तुहरु राम्रो संग पकाएर मात्र खाने , जंगली तथा घर पालुवा पसु पंछिको सम्पर्क बाट टाढा रहने , ज्वरो सहित रुगा खोकीको लक्ष्यण देखिएमा स्वास्थ्यकर्मी तथा स्वास्थ संस्थामा गई आवश्यक परामर्श लिने ,कोरोना भाइरसको संक्रमणबाट बच्न आफ्नो सुरक्षा अपनाउने र अपनाउन लगाउने ,घरबाट निस्कने परेन मास्कको प्रयोग गर्ने र घर भित्र आउदा साबुन पानीले हात धोई घर भित्र पस्ने ,  बैजनाथका आम नागरिकको स्वास्थयलाई मध्यनजर गरि नेपाल सरकार तथा बैजनाथ गाउँपालिकाको निर्णयलाई आत्मसात गर्दै यहि चैत ९ गते देखि २१ गते सम्म वडा कार्यालय बाट दिइने सेवाहरु मध्ये अत्यआवश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ अध्यक्ष रुचालले जारी गरेको सन्देशमा भनेका छन् । रुचालले  विद्यालय भर्ना विद्यालयले संचालन गरेका परिक्षाको परिनाम अभिभावक भेला सबै रोक्न आग्रह गरेका छन् । रुचालले  यसबाट बैजनाथ बासीमा पर्ने असुबिधाका लागि क्षमा याचना र सहयोगको अपेक्षा सहित गाउँपालिकाको अभियानमा सबैलाई साथ दिन आग्रह गरेका छन् ।    ।