नेकपा बैजनाथको उदारणीय काम

1

बाँकेको बैजनाथ गाउँपालिका स्तरीय नेकपा कमिटीले हाल विश्वमा महामारीका रुपमा विकास भइरहेको कोरना संक्रमणलाई रोगथाम गर्न प्रचार अभियानलाई तिब्र पारेको छ ।

नेकपाले बैजनाथका आठै वडाहरुमा कोरना संक्रमका लक्षण र त्यसको रोगथाम कसरी गर्न सकिन्छ भनेर वडा का प्रत्येक घर घर मा प्रचार तथा सुरक्षित रहन अपनाउनु पर्ने विधि बारे जानकारी प्रदान गरिरहेको युवा नेता तथा जिल्ला सचिवालय सदस्य घननाथ खनालले जानकारी गराए ।

खनालले यस विपतमा आम बैजनाथका जनताहरुलाई सुरक्षित बनाउन नेपाल कम्यूष्ट पार्टी नेकपाले यो तयारी गरेको बताए । नेकपा बैजनाथ कमिटि सचिव मिरा कार्कीले सबै युवाहरु यो अभियानमा सुरक्षित भएर र आम बैजनाथका नागरिकलाई सुरक्षित बनाउन जनचेतनाको अभियान शुरु गरिएको बताईन् । यसै सहकारी अभियान्ता प्रेम सुवेदीले यो विपतको बेलामा सबै सचेत नागरिकहरुले डरको बातावरण बनाउन भन्दा पनि कोरना संक्रम नियन्त्रणका उपायहरुमा आम नागरिकलाई सूचित गराउन आवश्यक रहेको बताए । अभियानमा नेपाल कम्यूष्ट पार्टी बैजनाथले वडा स्तरमा सबै वडा कमिटि परिचालित गरिएको नेकपा नेता गोविन्द जिसीले जानकारी गराए ।