गाउँपालिकाअध्यक्ष रुचालको अपिल कोरना संक्रमणबाट बच्न स्वास्थ्यमा उच्च सतकर्ता अपनाउ

1

बैजनाथ गाउँपालिको कोरेना संक्रमण हुन नदिन गाउँपालिका कार्यालय प्रवेश गर्दा साबुन पानी तथा सेनेटाजर अनिवार्य हातमा लगाउनु नियम लागु गरेको छ ।

बैजनाथ स्वास्थ्य शाखाले आफ्ना सबै स्वास्थ्य चौकी तथा उप स्वास्थ्य चौकीका कर्मचारीहरुलाई सक्रिय हुन कोरना सक्रिमण बारे जनचेता र आवश्यक औषधिहरु तयारीमा राखेको बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले जानकारी गराए । अध्यक्ष रुचालले कोरना बाट बच्न स्वास्थ्य सेवामा उच्च सतकर्ता अपनाउन आम बैजनाथबासीहरु लाई आग्रण गरेका छन् । कोरना भाइरसको नाममा उपभोक्ताहरुलाई ठगी तथा कृतिम अभाव सृजना गर्ने व्यापारीलाई कानुन अनुसार कारवार्ही गर्न गाउँपालिका उपभोक्ता हित संरक्षण समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले अनुगमन लाई तिब्र गरिने जानकारी गराईन् । कोरना संक्रमणलाई रोगथाम गर्न र सेवाग्राहीलाई नियमित सेवा उपलब्ध गर्न वडा कार्यालयले समेत वडा प्रवेश द्धारमा सावुन पानी सेनेटाइजरले हात धुन अनिवार्य गरेको छ । बैजनाथ गाउँपालिका ५ का वडा अध्यक्ष मन बहादुर खत्रीले भने । यसै गरी गाउँ कार्यापालिकाको बैठकले गोष्ठि तालिम लगाएत भेला हुने कार्यक्रमहरुलाई रोग लगाएको छ बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहले भने । शाहले भिडभाड हुने विद्यालय बन्द गरिएको जानकारी गराए । आम नागरिकहरुलाई हुलमा नजान अपिल गरेको छ । बैजनाथ स्वास्थ्य शाखाले आफ्ना सम्पूर्ण कर्मचारी स्वास्थ्थ संस्था र महिला स्यम सेविकाहरुलाई वडा तथा बस्ति स्तरमा संक्रमित हुन बाट बच्ने उपायका बारे सचेतना गराउन परिचालन तथा परिचालित गरेको बैजनाथ स्वास्थ्य संयोजक धनथाथ योगी जानकारी गराए ।