कालोबजारी गरिएमा कानून अनुसार कारवाही संयोजक विक

1

बैजनाथ गाउँपालिका उपभोक्ता हित संरक्षण समितिको विहबारको बैठकले सबै उद्योगि व्यवसायीहरुलाई बजारमा दैनिक उपभोग्य बस्तु,औषधिजन्य सामाग्रिहरु लगायत अन्य अत्यावश्यक वस्तु तथा सेवाहरुको कृतम अभाव तथा कालोवजारी नगर्न नगराउन सवैलाई अपिल गरेको छ ।

बजारमा कोरोना भाइरसको कारण देखाउँदै कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव सृजनागरी कालोबजारी गरिएको पाइएमा कानून अनुसार कारवाही गर्ने चेतावनी समितिको निर्णयमा गरिएको छ । सङ्कटको बेला एकले अर्कोलाई सहयोग तथा मानविय व्यवहार गर्नुपर्नेमा आर्थिक प्रलोभनमा पर्ने कार्य अमानविय हुने  र कानूनको दायरामा ल्याई कारवाही गरिने बैजनाथ गाउँपालिका उपभोक्ता हित संरक्षण समिति संयोजक शारदा रेग्मी विकले  जानकारी गराईन् । बजारमा कोरोना भाइरसलाई जोडेर भएका अनर्गल तथा भ्रामक प्रचारमा लाग्ने,बजारमा अत्याबश्यक सामाग्रिको कृतिम अभाव सृजना गर्ने र कालो बजारीकरण गरेको भेटिएमा गाउँपालिकामा सुचना दिन सवैलाई संयोजक विकले  आग्रह गरिन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका उपायहरु अवलम्वन गर्न सवैलाई समितिले अनुरोध गरिएको छ ।