बाल विवाह न्यूनिकरण गर्न रणनीतिक योजना अनुसार काम गर्छौ उपाध्यक्ष विक

5

बैजनाथ गाउँपालिका भित्र बाल विवाह न्यूनिकरण गर्नाको लागि रणनीतिक योजना अनुसार  आफ्ना गतिविधि संचालन गर्ने भएको छ ।

बाल विवाह न्यूनिकरणका लागि विशेष बाल नीति तथा कार्ययोजना गोष्ठिमा बोल्दै उपाध्यक्ष शारदा विकले रणनीति योजना अनुसार बाल क्लव परिचालन जनचेतना ,स्कुल कार्यक्रम ,अभिभावक शिक्षा लगाएतका क्रियाकलाप संचालन गर्ने जानकरी गराईन् । उपाध्यक्ष विकले आधारभूत कक्षाहरुमा मनोसामाजिक कक्षा संचालन सगै नैतिक शिक्षा समावेश गरिएको स्थानीय पाठ्क्रम निर्माण गरिने जानकारी गाराईन् । बाल विवाह भउको खण्डमा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता नगर्ने अभियान स्थानीय सरकारले कार्यान्वय गरेको समेत जानकारी गराईन् । गोष्ठिमा वडा अध्यक्ष कार्यपालिका सदस्य पत्रकार सरोकारवाला निकाय स्थानीय संघ संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण स्याक नेपालले बाँकेले  संचालन  गरेको बालविवाह रोगथाम परियोजनाले गरेको थियो भने गोष्ठिका लागि प्लान इन्टरनेशनल नेपालले आर्थिक सहयोगमा संचालन गरिएको थियो । बालविवाह रोगथाम परियोजना सहजकर्ता बविता शाहले जानकारी दिईन् । कार्यक्रममा बाल विवाह न्यूनिकरण सम्बन्धि रणनितिक योजनाहरुमा बृह्त छलफल गरिएको थियो ।