कृषिमा आत्मा निर्भर बनाउने गाउँपालिकाको उदेश्य अध्यक्ष रुचाल

1

बैजनाथ गाउँपालिका कृषि शाखाले संचालन गरेको ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिएको छ ।

बैजनाथ गाउँपालिका स्तरीय व्यवसायिक कृषहरुको क्षमता अभिबृद्धि तथा प्राविधिक विस्तार तरकारी खेती सम्बन्धि कृषि शाखाले तालिमको आयोजना गरेको हो।

प्रमुख अथिति बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले जिविको पार्जन मात्र नभएर आर्थिक उन्नति गर्नाका लागि व्यवसायिक कृषिमा जोड दिनु पर्ने बताए ।

रुचालले कृषिमा आत्म निर्भर बनाउन गाउँपालिकाले सामुयिक कृषि व्यवसायिलाई जमिनको भाडा रकम समेत उपलब्ध गराउने घोषणा गरे । रुचालले अग्रानीक कृषि क्षेत्रको विकासका लागि १५ महिने जे.टि.ए कृषि कलेज संचालनमा ल्याएको जानकारी गराए । उनले भने आर्थिक दृष्टिले अध्ययन गर्न नसकेका कृर्षकका बालबच्चाहरुलाई ८० प्रतिशत छुटमा १५ महिने जे.टि.ए अध्ययनको व्यवस्थापन गरेको जानकारी गराए । समापन कार्यक्रममा सहभागि कृर्षक गिता बस्नेतले तालिमले व्यवसायिक कृषि गर्नाका लागि प्रेरणा प्रदान गरेको बताईन् उनले तालिममा शैदान्तिक ज्ञान सगै माटोको परिक्षण विधि ,कृषि उत्पादनमा बृद्धि गर्न सकिने विधि रोगहरुको पैचान जैविक खेतीका फाइदा लगाएतका विषयमा ज्ञान आर्जन गरेको बताईन् । यसै गरी वडा ७ का कृषिक भिम ब डागी प्रविधियुक्त खेती लाई जोड दिन यस्ता तालिम संचालन आवश्यक रहेको बताए । उनले यो तालिमले कृर्षकहरुलाई उत्प्रेरणा सगै स्थानीय सरकारले कृर्षहरुलाई गरेको सम्मानका रुपमा लिएको बताए । जैविक तथा अग्रानीक खेतीका विधि बारे जानकारी र ज्ञान पाउदा कृषि पेशामा सक्रिय हुन उर्जा दिलाएको बताए । बैजनथा कृषि शाखा प्रमुख विष्णु कुमारी मल्लले कृर्षक हरु लाई भावि दिनअरुमा प्रविधिहरुको उपलब्ध गराउने जानकारी गराईन् उनले व्यवसायिक कृषि मा आवद्ध समुह तथा सफल कृर्षहरुको मात्र नभएर आम कृर्षहरुको बारीको माटो परिक्षणका लागि बजेटको व्यवस्था गरेको बताईन् उनले आवश्यक परेको अवस्थामा कृर्षहरुको मागका आधारमा अझै कृषि शाखा बैजनाथले सहयोग गर्ने प्रतिवद्धता गरिन् ।