पारस खड्का अग्नि ग्रुपको ब्राण्ड एम्बेस्डर

1

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई महिन्द्रा एण्ड महिन्द्राको नेपालस्थित आधिकारिक विक्रेता अग्नी ग्रुपले आफ्नो ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ।

अग्नि ग्रुपले खड्कालाई ५० लाख रूपैयाँ बराबरको महिन्द्रा कम्पनीको ‘एक्सयूभी ३०० कार’ उपलब्ध गराएको छ।

अग्नि ग्रुपले खड्कालाई दुई वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गरेको हो।

अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र खड्काले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।

पारसले कम्पनीसितको सहकार्य लामो समयबाट रहँदै आएको तथा कम्पनीसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे। उनी मोटरसाइकलको यसअघि नै ब्राण्ड प्रवर्द्धक रहिसकेका छन्।

यसअघि अग्नि ग्रुपले पूर्वमिस नेपाल शृङ्खला खतिवडालाई तीन वर्षका लागि ब्राण्ड एम्बेस्डर नियुक्त गरेको थियो।

कार्यक्रममा ग्रुपका वरिष्ठ निर्देशक दुर्गाप्रसाद आचार्य, उपनिर्देशक बरदान बस्नेत, पूर्वमिस नेपाल खतिवडालगायतको उपस्थित रहेको थियो