t

अष्टिनमा रक्तदान कार्यक्रम सम्पन्न, ३१ जनाले गरे रक्तदान (फोटो फिचर सहित)

39

अष्टिन (टेक्सास)- ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) र ब्लड डोनर्स एसोसियसन (बिडिए) को संयुक्त आयोजनामा अष्टिनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम मार्फत ३१ जना नेपालीले रक्तदान गरेको ग्यान्स सदस्य तथा ब्लड डोनर्स एसोसिएसनका आजिवन सदस्य कृष्ण जिसीले जानकारी दिनुभयो । उहांका अनुसार रक्तदान कार्यक्रम मार्फत अन्य १२ जना नेपाली ब्लड डोनर्स अफ अमेरिकाको आजिवन सदस्य बनेका छन् ।

आइतवार सम्पन्न रक्तदान कार्यक्रम मार्फत आजिवन सदस्य बनेकाहरुलाई ब्लड डोनर्स एसोसिएसन अफ अमेरिकाका पुर्ब अध्यक्ष डा. नन्द रेग्मीले सदस्यता पिन वितरण गर्नुभएको थियो ।

हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको ग्यान्सले यस पटक ब्लड डोनर्स एसोसिएसन संगको साझेदारीमा आयोजना गरेको हो ।