t

दादुरा –रुवेला खोप अभियान बैजनाथमा शुरु

3

दादुरा –रुवेला खोप अभियान बैजनाथमा शुरु गरिएको छ ।


बाँकेको बैजनाथ गाउँपालिकामा स्वास्थ शाखाको आयोजनामा सरोकारवाला विच दादुरा –रुवेला खोप अभियानका बारेमा अन्तक्रियात्मक कार्यक्रम गरेको हो । राष्ट्रिय खोप कार्यक्रम मार्पmत तोकिएका सबै खोपहरू समतामुलक रुपमा सबै को पहुंचमा हुने गरी प्रत्येक बालबालिका र गर्भवती महिलालाई गुणस्तरिय, सुरक्षित र सर्वसुलभ खोप सेवा निरन्तर रुपमा प्रदान गर्ने स्वास्थ शाखाको लक्ष्य रहेको बैजनाथ गाउँपालिका स्वाथ्य शाखा सह प्रमुख लक्ष्मी रोकायले जानकारी गराउनु भयो । बैजनामा दादुरु –रुवेला खोप ७ हजार ३ सय ४९ को बालबालिका हरुलाई सेवन गराउने लक्ष्य रहेको स्वाथ्य शाखा प्रमुख धननाथ योगीले जानकारी गराए ।  कार्यक्रममा बोल्दै बैजनाथ गाउँपाकिला अध्यक्ष मान बहादुर रुचालले दादुरा –रुवेला खोप अभियान बैजनाथमा शसक्त रुपमा संचालन गर्नाको लागि स्वास्थ शाखालाई निर्देशन दिदै सेवा प्रदायिक संघ संस्था महिला स्यम सेविका स्वास्थ्यकर्मी सहकारी अभियान्ता विद्यालयका प्र।अ राजनितिक दलका प्रतिनिधि सबैलाई दादुरु –रुवेला खोप अभियानमा सहयोग गर्न समेत अपिल गरे । कार्यक्रममा बैजनाथ गाउँपालिका वडा अध्यक्ष कार्यपालिका सदस्य राजनितिक दल लगाएतको सहभागिता रहेको थियो ।