t

समाज रुपान्तरणका अभिन्न अंग मेल मिलापकर्ता अध्यक्ष रुचाल

9

बैजनाथ गाउँपालिकाको न्यायिक कार्य सम्पादनमा सहजता ल्याउने उदेश्यले मेल मिलाप कर्ताहरुलाई ५ दिने उच्च तालिमको समापन  गरिएको छ ।

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा जन अधिकार संरक्षण मञ्च नेपालको प्राविधिक सहयोगमा उक्त तालिमको संचालन गरिएको थियो । बैजनाथ गाउँपालिकाको तथ्याङ अनुसार कूल मेल –मिलाप कर्ता ६१ रहेका छन् ।

विगतका वर्षहरुमा सेलर्ड नामक संस्थाले प्रदान गरेको मेल–मिलापकर्ताहरु लाई नै थप सशक्त बनाई समाज रुपान्तरण तथा बैजनाथ गाउँपालिकाको न्यायिक क्षेत्रमा उल्लेखिनीय योगदान दिने मुख्य उदेश्य साथ उहाँहरुलाई आधारभूत हुदै तह २ सम्मका तालिम प्रदान गरिएको बैजना गाउँपालिका अध्यक्ष मान बहादुर रुचाले बताए ।

रुचालले न्यायिक क्षेत्रको विश्वास आम नागरिक स्तरमा सहज रुपमा उपलब्ध गराउने यहाँहरुको योगदान समाजलाई सधै रहने र त्यो कुनै मुल्याकङको आधार हुन नसक्ने बताए । बैजनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले न्यायिक समितमा आएका समस्या र मुद्धाहरुमा मेल मिलापकर्ताहरुले दिने न्याय दुबै पक्षहरुलाई विजयी बनाउन सक्नु नै प्रमुख भूमिका हुने बताए ।

शाहीले राज्यले दिने न्यायमा ढिला सुस्त हुन सक्छ तर न्यायिक समिति र न्यायिक समितमा आवद्ध मेल –मिलापकर्ताहरुले दिने न्याय छिटो र छरितो हुनाले समेत मेल–मिलाप कर्ताहरुको महत्वपूर्ण भूमिका हुने हुँदा कसैको पक्ष विपक्षमा भन्दा पनि दुबै पक्षको विजयी बनाउने कुरा महत्व हुने बताए ।


कार्यक्रममा सहभागि लिल बहादुर नेपालीले गाउँपालिकाले मेलमिलाप कर्ताहरुका लागि पैचान हुने खालको लोगो तथा कामको उचित मुल्याकन हुने विश्वास व्यक्त गरेका थिए । विकले न्यायिक क्षेत्रमा अझै प्रभावकारी भूमिका निर्वाह गर्नाको लागि थप तालिम भौतिक संरचना र आधारभूत आवश्यताहरु गाउँपालिकाले व्यवस्था गर्नेमा आफुहरु सुनिश्चित रहेको समेत बताए । तालिमको प्रशिक्षण सतीश कुमार शर्माले गरेका थिए ।
पाउनालाई मायाको चिनो ।


यसै विच बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले प्रशिक्षक सतीश कुमार शर्मालाई भ्रमण वर्ष २०२० को लागि  बैजनाथको चिह् अंकित मायाको चिनो प्रदान  गरिएको थियो ।