t

न्यायिक सुधारका लागि सामाग्री वितरण

7

डिएफआइडी को आर्थिक सहयोग र (भि.एस.ओ ) अन्तराष्ट्रिय अलाइट को प्राविधिक सहयोग तथा लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढिकरण (सहज)माहुरी होम परियोजना द्धारा बाँकेको बैजनाथ गाउँपालिकामा सामाग्री वितरण गरिएको छ ।


परियोजनाले न्यायिक क्षेत्रमा सुधारमा निम्ति एक थान कम्प्युटर, प्रोजेक्टर, प्रीन्टर,साउन्ड सिस्टम सामग्री सहयोग गरेको हो । समाग्री बैजनाथ गाउँपालिका अधिकृत तथा सुचना अधिकारी तप्त राज आचार्यलाई परियोजना अधिकृत सुनिता पोख्रेलले हस्तान्तरण गरिन् । हस्तान्तरण कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अधिकृत तथा सूचना अधिकारी तप्त राज आचार्यले परियोजनाले उल्लेखिनीय कार्यहरु गर्दै आएको बताए । आचार्यले परियोजना अन्र्तगत समुदाय तथा सेवा प्रदायिक विचको संवाद , न्यायिक क्षेत्रको सुधारका लागि क्षमता विकास ,समुदाय र सेवा प्रदायिक विचका सुधारका लागि भावि कार्यओजना निमार्ण न्यायिक पहुचका लागि साझा अंक निमार्ण , लगाएत कार्यक्रम संचालन गरेको प्रति गाउँपालिका लाई थप जिम्मेवार बनाएको बताए । कार्यक्रममा बैजनाथ न्यायिक समितिले माग गरे अनुसार परियोजनाले समाग्राी वितरण गरेको परियोजना अधिकृत सुनिता पोख्रेलले जानकारी दिईन् । उनले भावि दिनहरुमा न्यायिक क्षेत्रको सुधारका लागि परियोजना र स्थानीय सरकार बैजनाथ गाउँपालिका विच अझै प्रभावकारी योजना निमार्ण गरी जाने विश्वास व्यक्त गरिन् । यसै गरी पोख्रेलले नेपालगंज उप महानगरपालिका, र डुडुवा गाउँपालिकामा समेत एक थान कम्प्युटर, प्रोजेक्टर, प्रीन्टर,साउन्ड सिस्टम सामग्री सहयोग गरेको जानकारी दिईन् ।