प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाहीलाई स्वागत

1

गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाहीलाई स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले स्थानीय जनता र जनताप्रति उत्रदायि जनप्रतिनिधिहरु बाट कार्य सम्पादनमा कुनै पनि अवरोद्ध नहुने बताए ।

देशमा भइरहेको व्यवस्थालाई कार्यान्वयनमा लैजान स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने र सो कार्यका लागि  बैजनाथका जनप्रतिनिधिहरुको एकता र एकवद्धतामा कसैले पनि शका नगर्न अनुरोध गरे ।

स्वागत कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले संघिय प्रणाली अन्तर्गत आउन भएका प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकामा रहँदा सम्म जनता प्रति जवाफदेही भएर काम गर्ने विश्वास आफुले लिएको बताईन् । यसै गरी प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाहीले नयाँ व्यवस्था अनुसार स्थानीय जनताप्रतिको उत्तरदायित्व कर्मचारीबाट सरल र सुलभ तरिकाले कार्य सम्पादन गरिने प्रतिवद्धता जाहेर गरे ।

स्वागत कार्यक्रममा वडा न २ का अध्यक्ष प्रेम बहादुर थापा यसै गरी वडा न ४ का सदस्य बालकृष्ण आचार्य स्वागत मतव्य राखेका थिए ।