भ्रमण वर्ष २०२० लाई सफल बनाउन पैदल यात्रा

7

बाँके कोहलपुुर ।  बाँकेको  कोहलपुरमा युवा अभियान्ताहरुलाई स्वागत गरीएको छ । महाकाली मेची पैदल यात्राका अभियान्ताहरुलाई बाँकेका समाजिक अभियान्ता सुरेन्द्र कार्की लगाएतले स्वागत गरेका हुन् । 

नेपाल सरकारले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न गृहकार्य गरीराखेको बेला नागरिक स्तरबाट भ्रमण बर्ष सफल बनाउन महाकाली मेची पैदल यात्राको छैटौ दिन कोहलपुरमा आएका सुरेश  उप्रेती र उनका सहयात्री खग्रेन्द निरौलालाई स्वागत गरीएको हो ।

आफुहरुलाई स्वागत गरेकोप्रति धन्यवाद दिदै युवा अभियान्ता सुरेश  उप्रेतीले  भ्रमण बर्ष नेपाल सरकारको मात्र नभएर समग्र राष्ट्रको अभियान रहेको बताउदै आफुहरुले महाकाली मेची पैदल यात्राको शुरवात गरेको जानकारी गराए ।

पैदल यात्राको छैटौ दिन कोहलपुरमा आएका उप्रेती र उनका सहयात्री खग्रेन्द निरौलाले आफुहरुको अभियानले देशको आर्थिक उन्नती र राष्ट्र प्रतिको उत्तरदायित्व आम नेपाली जनताको पनि  हो भन्ने सन्देश दिने उदेश्यले अभियान शुरु गरेको धारणा राखे ।

महाकाली मेची पैदल अभियान ३० दिनमा समापन गर्ने लक्ष्य लिएको युवा अभियान्ता उप्रेतीले जानकारी गराए । स्थानीय स्तरबाट सबै युवाहरुले अब देशका लागि केर्ही दायित्व बहन गरी राष्ट्रको गौरव भ्रमण बर्ष २०२० सफल बनाउन सबैले सहयोग गर्नु पर्ने धारणा राखे ।