योजना यहाँहरुको बजेट स्थानीय सरकारको अध्यक्ष रुचाल

1

श्री देउराली जन आश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्नो दोस्रो साधारण सभा सम्पन गरेको छ ।


बाँकेको बैजनाथ गाउँपालिका वडा न १ र ३ का उपभोक्ता रहेको उक्त मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको साधारण सभालाई सम्बोधा गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले पर्यावरण संरक्षण गर्न तथा पर्यटन विकासमा स्थानीय सरकार यहाँहरु सँग सहकार्य गर्न तयार रहेको बताए । योजना यहाँहरुको बजेट स्थानीय सरकारको रुचालले भने । रुचालले कान्छो निकुञ्जको रुपमा बाँके हाल विस्तारको क्रममा रहेको बताउदै जीव जन्तु सगँको अन्रविरोध लाई समाधान भन्दा पनि सावधानी अपनाउन पर्ने हुन्छ ।

त्यसैले विरुवा रोप्ने र आवश्यक पर्ने बस्तुको निर्यात वन बाट गर्न सकिने बताए । वन बिनास हुदा मावन र जीव जन्तु विच द्धोन्द्र सृजना हन्छ त्यसैले जगंल बचाउन हामी सबै सकिृय भएर लाग्नु आवश्यक रहेको बताए । कार्यक्रममा वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य नन्द विश्वकर्माले स्थानीय निकायहरुको सहकार्य र पर्यटन विकास हुने खालका योजना अब सामुदायिक वनहरुले ल्याउन आवश्यक रहेको बताए । उनले निकुञ्ज संग समेत सहकार्य गर्न आवश्यक रहेको बताए। विकले भावी पुस्तालाई हामीले संरक्षण गरेर सामुदायिक वन हस्तान्तरण गर्ना र वन जोगाउन संकार सिकानु पर्दछ । सरकारले घोषणा गरेको २०२० भ्रमण बर्षका लागि सामुदायिक वनको योगदान रहने बताए। उनले हाल सामुदायिक वनहरुले आफुहरुलाई स्तर उन्नत गर्दै आन्तरीक पर्यटन तथा बाह्य पर्यट भित्राउन सफल भएका छन् विकले भने । यसै गरी कोषाध्यक्ष शिव प्रसाद देवकोटाले सामुदायिक वनको आर्थिक आर्य आर्य व्यय प्रस्तुत गरेका थिए । सामुदायिक वनको पेश्की हिसाव २ लाख ९२ हजार २ सय २६ रुपैया पूर्व कार्य समितिले तिर्न बाँकी रहेको प्रतिवेदन प्रस्तुत गरीएको थियो । कार्यक्रमम बाके राष्टिय निकुञ्जका सहायक अधिकृत नेपाल आर्मीका मेजर स्थानीय राजनितिक दल उपभोक्ता लगाएतको सहभागिता रहेको थियो । साधारण सभाको अध्यक्ष महेन्द्र थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।