राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील नाम कुष्माखर

4

नेपालगन्ज। राजनीति र सामाजिक क्षेत्रमा परिचित नाम हाे, कुष्माखर बस्याल।

काेहलपुरका कुष्माखर युवा नेता हुन्।

उनी नेकपा सम्बद्ध युवा संघमा अावद्ध छन्।

तत्कालीन एमाले निकट युवा संघ नेपालको चारवर्षअघि नेपालगञ्जमा भएको जिल्ला अधिवेशनमा एमालेका अध्यक्ष केपी शर्मा वली र वरिष्ठ नेता माधवकुमार नेपाल समूह दुईवटा प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका थिए ।

निर्वाचनमा बरिष्ठ नेता नेपाल निकटका किशोर थापा नेतृत्वको प्यानल विजयी भयो ।

थापा प्यानलबाट सचिवमा कुश्माखर बस्याल अत्याधिक बहुमतले विजयी भए।

निर्वाचनका समयमा दुई प्यानलबीच तिव्र प्रतिष्पर्धा भएपनि निर्वाचनपछि युवा संघ एकढिक्का भएर राजनीतिक र सामाजिक मुद्धामा अघि बढ्यो ।  निर्वाचनपछि युवा संघ यो वा त्यो पक्ष र प्यानल नभनी खटियो ।

युवा संघको नयाँ कार्य समितिले सिक्टाको मुल नहर भत्किएको विषयमा स्थलगत जानकारी लिई अनियमितता विरुद्ध आफुलाई अगाडी उभ्यायो ।

युवा संघलाई बाँकेमा स्थापित गराउन अध्यक्ष किशोर थापासँगै सचिव बस्यालको महत्वपूर्ण भूमिका रह्यो ।

उनै बस्याललाई अहिले एकीकृत राष्ट्रिय युवा संघ बाँकेको संयोजकको जिम्मेवारी दिइएको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि एकीकृत राष्ट्रिय युवा संघ गठन भएकाे हाे।

संयोजकको जिम्मेवारी पाएपछि उनले युवा संघलाई दृढताका साथ अगाडि बढाउने बताए।

कुष्माखर बस्याल बाल्य उमेरदेखि नै राजनीतिमा चासो राख्थे। र, युवाका मुद्दामा सधैं अग्रसर रहन्थे, रहन्छन्।

त्यसैले पनि उनी युवामाझ लाेकप्रिय छन्।