आउंदो आइतवार अष्टिनमा स्वास्थ्य शिविर हुने

1

अष्टिन (टेक्सास)- अष्टिनमा आउंदो आइतवार (नोभेम्बर १७ तारिख) स्वास्थ्य शिविर आयोजना गरिने भएको छ । ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स)को आयोजनामा हुन लागेको शिविर बिहान १० बजेदेखी दिउंसो ३ बजे सम्म चल्नेछ ।

हरेक बर्ष ग्यान्सले स्वास्थ्य शिविर आयोजना गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिन लागेको हो । निशुल्क र सशुल्क सेवा दिइने शिविरमा फ्लु सट, ब्लड प्रेसर, मेडिकल चेकअप र स्वास्थ्य परामर्सका लागी शुल्क लाग्ने छैन भने २० डलर खर्च गरेमा रगत जांच, मृगौला जांच, पिसाव जांच लगायतका स ुबिधा दिइने ग्यान्सका अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो ।

अष्टिन स्थित राधा माधब धाममा आयोजना गरिने शिविरमा सहभागी भइ स्वास्थ्य सेवा लिन सबैमा अनुरोध गरिएको छ । मौसम परिवर्तन संगै देखा पर्न सक्ने स्वास्थ्य समस्या समाधानका लागी शिविर फलदायी हुने ग्यान्स अध्यक्ष भट्टले बताउनुभयो ।