दर्पणको शव्द, राजेश र अनुशाको श्वर, बाबु र टिकाको अभिनयमा “पलाश” सार्बजनिक (भिडियो सहित)

14

अष्टिन (टेक्सास)- अमेरिका टेक्सासको अष्टिनमा रहेका युवा सर्जक बिजय चन्द “दर्पण”को शव्द सिर्जनामा अर्को लोक दोहोरी गित “पलाश” सार्वजनिक भएको छ ।

राजेश खड्का सानु र अनुशा राम्जालीको श्वर रहेको पलाशमा बाबु कृष्ण परियार र टिका सानुको अभिनय रहेको छ । गितको लय तिलक वलीले सृजना गरेका हुन् । शुतली अनलाइन टिभी मार्फत सार्बजनिक भिडियोलाई दर्शकहरुले माया गर्दै गएको सर्जक दर्पणले बताउनुभयो ।

यस अघि दर्पणको मार्मिक गित शुतलीले दर्शकको राम्रो साथ पाएको थियो जसलाई एक मिलिएन भन्दा बढि पटक हेरिएको छ । पलाशको भिडियो निर्देशन शुर्य ढकालले गरेका हुन् ।

टिका सानु पछिल्लो समय लाइभ दोहोरी र मोडलमा सबेत चर्चित बन्दै गइरहेका बेला पलाशमा पनि दमदार अभिनय गरेका हुन् । उनी संगै अभिनय गर्ने बाबु पनि पछिल्लो समय चर्चित बन्दै गइरहेका छन् । दर्पणको स ुतली गितमा समेत बाबुले सगुन शाही संग अभिनय गरेका थिए ।

भिडियो :