पुर्व-उपप्रधानमन्त्री तथा कांग्रेस नेता सिंहको सम्मानार्थ अष्टिनमा रात्रीभोज संगै साक्षात्कार

12

टेक्सास (अष्टिन)- नेपाली कांग्रेसको भात्रृ संगठन नेपाली जन सम्पर्क समिती अमेरिका अष्टिन च्याप्टरले पुर्ब-उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको सम्मानार्थ अष्टिनमा रात्रीभोज तथा साक्षात्कार कार्यक्रम गर्ने भएको छ ।

यही १४ तारिख बिहिबार अष्टिनस्थित हिमालय कोशेली रेष्टुरेन्टमा आयोजना गरिन लागेको कार्यक्रम बेलुका साढे ५ बजेपछि शुरु हुने जन सम्पर्क समिती अष्टिनमा महासचिव कौशल यादवले जानकारी दिनुभयो । अमेरिका भ्रमणमा रहेका नेता सिंह कायृक्रममा सहभागीता जनाउनका लागी बुधबार सांझ नै अष्टिन आइपुग्ने बताइएको छ ।

रात्रिभोज संगैको साक्षात्कार कार्यक्रममा नेता सिंहले पछिल्लो राजनितिक अवस्था तथा देशको समसामयीक बिषयमा आफ्ना धारणा राख्नुहुनेछ ।

सिंह नेपाली कांग्रेसका नेता मात्रै नभएर देशका पुर्ब उपप्रधानमन्त्री समेत भएकोले कायृक्रममा उपस्थित हुन अष्टिनवासी नेपालीहरुमा अनुरोध गरिएको महासचिव यादवले बताउनुभयो ।